आउदो चुनावमा एमालेलाई जनताले दण्ड दिने नेका महामन्त्री थापा

843 Shares

अर्घाखाँची, २२ पुस । नेपाली काँग्रेसको युवा एवं महामन्त्रीमा नवनिर्वाचित नेता गगन थापाले आउन लागेको निर्वाचनमा मतदाताहरु सत्य देशहितको पक्षमा मतदान गर्ने बताउनु भएको छ ।
दुई तिहाईको जनमत दिएर सरकारमा पठाएको कम्युनिष्टको सरकारलाई एमालेले आन्तरिक विवादमा ढालेको कारण अव नेपाली जनताहरु सजग भएर नेपाली काँग्रेसको पक्षमा मतदान गरी देशमा स्थिर सरकार बनाउने दाबी गरे ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा बुधवार आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले ओलीको अहंकार र अयोग्यताको कारण मुलुक दुख पाएको भन्दै अबको चुनावमा एमालेलाई जनतारुले दण्ड दिने बताए । कार्यक्रममा बोल्दै नेता थापाले भने , २०७४ मा माओवादीले बहुमत ल्याएपनि संविधान बनाउन सकेन, २०७४ मा एमाले र माओवादी मिलेर प्रचण्ड बहुमत ल्याएपनि देश चलाउन सकेनन्, ओलीको अहंकार र अयोग्यताले देशले दुख पाएको छ, सरकार पुरा कार्यकाल चल्न सकेन, त्यसैले अबको चुनावमा दण्ड पाउने पालो एमालेको रहेको उनले दाबी गरे ।
यस्तै उनले आउँदो तीनै तहको चुनाव जितेर कांग्रेसले पाँच वर्ष पूरै सरकार चलाएर बहुमतको प्रयोग कसरी गर्ने भन्ने र काम गर्ने तरिका सिकाउने स्पष्ट पारे । कम्युनिष्टहरुले विविधतायुक्त नेपाली समाजको गलत विश्लेषण र प्रोपोगाण्डा गरेर कहिले जात, कहिले धर्म र कहिले राष्ट्रियताको नाममा देश विकासको गति अवरुद्ध गरेको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार