सद्भावका लागि योग: भारतीय महावाणिज्य दूतावासद्वारा वीरगन्जको शंकराचार्य गेटमा १२औं अन्तर्राष्ट्रिय योग दिवस मनाईयो

0 Shares

वीरगन्ज, ७ असार । १२औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, बीरगंजद्वारा शंकराचार्य गेटमा योग शिविरको आयोजना गरेर भव्य रुपमा मनाएका छन् ।
नेपाल प्रवेशद्वारको रुपमा रहेका शंकराचार्य गेटमा आयोजित योग अभ्यास शिविरले भारत र नेपालबीचको गहिरो सांस्कृतिक एवं आध्यात्मिक सम्बन्धको प्रतीकलाई झल्काएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कृष्णप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्व निरन्तर योग कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावास, बीरगंजको सराहना गरे। उनले यसप्रकारको सकारात्मक पहलहरूले मानव कल्याणप्रति जनचेतना बढाएको र दुवै राष्ट्रहरूबीचको गहिरो सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत भएको बताए ।
समारोहलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूत देवी सहाय मिनाले योगलाई भारत विश्वलाई दिएको अमूल्य उपहारको रूपमा रहेको वर्णन गर्दै यसको सार्वभौमिक महत्वमाथि प्रकाश पारे ।
उनले योग शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र सामाजिक सद्भाव प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नमा मद्दत पुर्याउदै आएको चर्चा गर्दै योगले सीमा नाका भन्दा माथि उठेर भारत र नेपालबीच मित्रताको सेतु निर्माण गर्ने धारणा व्यक्त गरे।
सो कार्यक्रममा विशिष्ट अतिथिहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको उपस्थित रहेको थियो।
सखुवा प्रसौनी गाउंपालिकाका अध्यक्ष जसवन्त यादव, स्थानीय वाणिज्य संघका सदस्यहरू, नेपाल भारत मैत्री संघ (निफा), पतंजलि योग समिति (पर्सा एवं बारा), पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकहरू तथा अन्य स्थानीय सरकारी अधिकारीहरू सहित सबै क्षेत्रका नागरिकहरूले उत्साह पूर्वक भाग लिएको महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रमको विशेष आकर्षण योग विद्यार्थीहरूद्वारा उन्नत योग आसनहरूको प्रदर्शन रह्यो, जसमा योग अभ्यासमा निहित अनुशासन, लचिलोपन र लालित्य प्रदर्शित गरियो ।
मध्यरातको वर्षाका बाबजुद बिहानैदेखि ठूलो संख्यामा योगप्रेमीहरू कार्यक्रममा सहभागी भएका थिए। स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश बोकेको यस कार्यक्रमले सीमापार एकता, सहकार्य र दिगो जीवनशैली प्रवर्द्धनमा योगको प्रभावकारी भूमिका पुनः स्थापित गरेको आयोजकले जनाए।
महावाणिज्य दूतावास, वीरगंजले अन्तर्राष्ट्रिय योग दिवस २०२६ लाई लक्षित गर्दै योगका फाइदाबारे जनचेतना अभिवृद्धि गर्ने तथा नेपाल–भारत मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यले विभिन्न योग कार्यक्रमहरूको शृङ्खला सञ्चालन गरेको थियो। कार्यक्रमहरूको यो शृङ्खला आज प्रतिष्ठित शंकराचार्य गेटमा मुख्य अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमसहित सम्पन्न भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।