रौतहट, ७ असार । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरी घाटमा बागमती नदीको बीचमा फसेका १४ जनालाई सशस्त्र प्रहरीको विपद व्यवस्थापन समितिका टोलीले सकुशल उद्धार गरेको छ।
आइतबार अपराह्न करिब ३:४० बजे मुंगको दाल टिपेर घर फर्कने क्रममा अचानक बागमती नदिमा बढी आएपछि ११ जना महिला र ३ जना बालिका गरी १४ जना बीच भागमा फसेका थिए ।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहट तथा मातहतका कार्यालयबाट सशस्त्र प्रहरी सहायक निरीक्षक यज्ञबहादुर योञ्जनको कमाण्डमा डीएम (डिजास्टर म्यानेजमेन्ट) सहित १७ सदस्यीय उद्धार टोली रबर बोटसहित घटनास्थलमा पुगेकाे थियो।
उक्त टोलीले साँझ ५ बजे रबर बोटमार्फत सबै १४ जनाको सकुशल उद्धार गरेको सशस्त्र प्नहरीका एसपी रामहरी अधिकारीले जानकारी दिए । नदीमा अचानक बढेको पानीको बहावका कारण उनीहरू टापुमा फसेपनि हाम्रो टोलीले सकुशल उद्धार गरेपछि उनीहरु घर फर्किएको जानकारी दिए ।
साथै ईलाका प्रहरी गंगापिपरा सहितको टोली पनि नागरिकको उद्धारमा खटिएको थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन