रौतहट, ९ असार । गौर नगरपालिका–६ स्थित गौर–चन्द्रनिगाहपुर सडकखण्डमा आइतबार अपराह्न ई–रिक्सा दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन् ।
जयनगरबाट गौरतर्फ आउँदै गरेको मधेश प्रदेश ०५–००१ ह ०२५६ नम्बरको ई–रिक्सा अपराह्न करिब ४ः३० बजेको समयमा आफैं अनियन्त्रित भएर पल्टिदा तीन जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
दुर्घटनाको जानकारी पाउना साथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका प्रहरी टोलीले घाइतेलाई अस्पताल पुर्याए भने दुर्घटनाग्रस्त इ रिक्सालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
दुर्घटनामा राजपुर नगरपालिका–२ फतुवाकी ४५ वर्षीया सीता देवी साह, मौलापुर नगरपालिका–१ की ४५ वर्षीया फोटो देवी साह र देवाही गोनाही नगरपालिका–९ धरहरीकी ४० वर्षीया रिता सेवी साह घाइते भएको हुँदा उनीहरुको उपचार प्रादेशिक अस्पताल गौरमा भईरहेको तथा अवस्था खतरामुक्त रहेको डिएसपी गौतमले बताए ।
घटना सम्बन्धी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन