गौर नगरको १८ औं नगरसभाबाट नागरिकमैत्री नीतिः ५० युनिटसम्मको बिजुली महसुल फ्रि गर्ने नगरप्रमुख साहको घोषणा

0 Shares

रौतहट, १० असार । गौर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नागरिक मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने विभिन्न योजना अघि सारेको छ ।
बुधबार गौर नगर कार्यपालिकाको कार्यालय परिसरमा आयोजित १८ औँ नगरसभामा नगरप्रमुख शम्भु साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरवासीका आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै आत्मनिर्भरता प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको नीति लिएको बताए ।
प्रस्तुत नीति तथा कार्यक्रम अनुसार नगरपालिकाले ५० युनिटसम्मको विद्युत् महसुल व्यहोर्ने व्यवस्था गर्ने घोषणा गरे । त्यस्तै, विभिन्न सीप हासिल गरे पनि औपचारिक प्रमाणपत्र नपाएका युवालाई सीप परीक्षणमा सहभागी गराई प्रमाणिकरण तथा रोजगारीमा जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
नगरप्रमुख साहले निर्माणाधीन टाउन हल आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी त्यसलाई ‘सहिद शिवप्रसाद सिंह टाउन हल’ नामकरण गर्ने घोषणा गर्नुभयो । वडा नम्बर २ मा निर्माणाधीन विवाह भवनलाई ‘बानेश्वरनाथ विवाह भवन’ तथा वडा नम्बर ४ मा निर्माणाधीन विवाह भवनलाई ‘सहिद हरदयाल महतो विवाह भवन’ नामकरण गरिने नीति पनि सार्वजनिक गरे ।
नगरलाई धुवा मुक्त बनाउने अभियानमा चुल्हो सहितको ग्यास सिलिण्डर विपन्नलाई उपलब्ध गराउने, पंडित मंगलकुमार उपाध्याय राजर्सी क्याम्पसका लागि वडा नम्वर ८ मा जग्गा सुनिश्चिता भईसकेको हुँदा अगामी आर्थिक बर्षमा निर्माणको कार्य अघि बढाएपछि उच्च शिक्षा हासिल गर्न नगरवासीलाई टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पर्यटन क्षेत्रको विस्तारको लागि बानेश्वर स्थान नजिकै झुलुंगे पुल नजिक पर्यटनका पूर्वाधारहरुलाई विकास गरिनेछ, बरहवा ताललाई व्यवस्थित गरिने छ ।
नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास, राजस्व व्यवस्थापन, सूचना प्रविधि, वित्तीय अनुशासन, सहरी विकास, पूर्वाधार निर्माण, कृषि, पशुपालन, सिँचाइ, उद्योग, सहकारी, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, युवा तथा खेलकुद, रोजगार, संस्कृति तथा पर्यटन प्रवद्र्धन, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सामाजिक सुरक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा कानुन–न्याय क्षेत्रलाई समेटिएको घोषणा गरे ।
यसैबीच आगामी आर्थिक वर्षका लागि ५३ करोड ८८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख शैलकुमारी शाहको तर्फबाट नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष अर्जुन सिंहले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा करिब ११ करोड १० लाख २२ हजार रुपैयाँले बजेट घटेको जानकारी दिए ।
उलने पाँच बर्षिय कार्यकालको अन्तिम बजेट रहेको हुँदा हामीले धेरै योजनाहरुलाई पुरा गर्न नसकेपनि जनताहरुको हृदय जित्न सफल भएको हुँदा पुनः आएर उक्त अधुरा कार्यहरु पुरा गर्ने वाचा गरे ।
१८औँ नगरसभामा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।