रौतहट, १० असार । दुर्गा भगवती गाउँपालिकाको १२ औँ गाउँ अधिवेशन तथा १० औँ बजेट अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिका कार्यालय स्थित खुला मैदानमा आयोजित अधिवेशनको उदघाटन मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले गरेपछि गाउँ अधिवेशन औपचारिक रुपमा सुरु भएको हो ।
अधिवेशनमा गाउँपालिका अध्यक्ष शम्भु सिंहले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि नीति तथा कार्यक्रमको साथै अनुमानित बजेट प्रस्तुत गर्दै समावेशी विकासलाई केन्द्रमा राखेर विभिन्न योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताए ।
अध्यक्ष सिंहले पालिकावासीसँग गरेका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे । उनले आगामी आर्थिक वर्षका लागि ३९ करोड ३८ लाख ८१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्दै जनमुखी र विकासमुखी योजना मार्फत पालिकाको समग्र विकासलाई गति दिइने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री नागेन्द्र साहले दुर्गा भगवती गाउँपालिकासँग आफ्नो विशेष सम्बन्ध रहेको उल्लेख गर्दै प्रदेश सरकारबाट आवश्यक विकास योजना तथा कार्यक्रमका लागि सक्दो सहयोग र बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए ।
सभामा उपाध्यक्ष शिला देवी, वडाध्यक्ष सहित बोर्डका सदस्यहरु गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मनीष झाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा पालिकावासीलाई धन्यवाद ज्ञापन गरेको थियो ।
गाउँसभामा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी विकास निर्माण, सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन