रौतहट, ११ असार । प्रादेशिक अस्पताल गौरको परिसरमा निर्माण सम्पन्न भएको पंचमुखी हनुमान मन्दिरको विधिवत् रुपमा उदघाटन गरिएको छ ।
गौर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरको गौर नगर प्रमुख शम्भु साहले एक विशेष कार्यक्रमका बीच औपचारिक रुपमा उदघाटन गरेको हो
उदघाटन समारोहका क्रममा नगर प्रमुख साहले व्यक्तिगत खर्चमा स्थापना गरिएको पंचमुखी हनुमानको मूर्तिको पूजाआजा गर्दै मन्दिरलाई धार्मिक रूपमा समर्पण गरे । अस्पताल परिसर भित्र धार्मिक तथा आध्यात्मिक आस्थाको केन्द्रका रूपमा मन्दिर स्थापना हुनु गौरवको विषय भएको उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले स्वास्थ्य उपचारसँगै मानसिक शान्ति र आध्यात्मिक ऊर्जा पनि आवश्यक रहने उल्लेख गरे । अस्पताल परिसरमा मन्दिर निर्माण हुनु बिरामी, उनका आफन्त तथा स्वास्थ्यकर्मीका लागि समेत सकारात्मक सन्देश भएको धारणा व्यक्त गर्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव प्रवद्र्धनमा यस्ता संरचनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
पंचमुखी हनुमान मन्दिर निर्माणका लागि २०८० साल फागुन २४ गते शिलान्यास गरिएको थियो । निर्माण कार्य सम्पन्न भएपछि अहिले मन्दिर सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ ।
स्थानीयवासी तथा श्रद्धालुहरूले अस्पताल परिसरमा मन्दिर निर्माण हुनु सुखद र स्वागतयोग्य कदम भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार उपचारका लागि अस्पताल आउने बिरामी तथा आफन्तहरूले अब धार्मिक आस्था अनुसार पूजा–आराधना गर्न सक्ने वातावरण बनेको छ ।
नवनिर्मित मन्दिरले अस्पताल परिसरको सौन्दर्य अभिवृद्धिसँगै धार्मिक तथा आध्यात्मिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । औपचारिक कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादव, अस्पतालका मेसु डा. मुरारी ठाकुर, वरिष्ठ संचारकर्मी रविन्द्र साह, अस्पताल व्यवस्थापन समितिका सदस्य ओमप्रकाश मधेशिया सहितका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन