तस्करी देखि आन्तरिक विवाद सम्मः किन संकटमा छ मधेश प्रदेश प्रहरी ?

0 Shares

सुरक्षा संगठनको मेरुदण्ड मानिने ‘चेन अफ कमाण्ड’ अर्थात् आदेशको श्रृंखला कमजोर बन्दै गएको आरोप सँगै मधेश प्रदेश प्रहरी पछिल्लो समय निरन्तर विवादको केन्द्रमा पर्दै आएको छ ।
सीमावर्ती क्षेत्रमा मौलाएको तस्करी, सादा पोशाकमा परिचालित ‘घुमुवा’ प्रहरीको भूमिका, आर्थिक लेनदेनका आरोप तथा नेतृत्व तहबीचको समन्वय अभावले प्रहरी संगठनको अनुशासन र विश्वसनीयता माथि गम्भीर प्रश्न उठाएको हो ।
केही साता अघि तत्कालीन मधेश प्रदेश प्रहरी प्रमुख (डीआईजी) गोविन्द थपलिया तथा उनका निकट मानिएका वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवको नाम जोडेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा विभिन्न आरोप सार्वजनिक भएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन वरिष्ठ सई सागर राणा र व्यापारी राजिव महासेठ बीचको अडियो संवाद सार्वजनिक भएपछि सीमावर्ती क्षेत्रमा ‘सेटिङ’ मार्फत तस्करी हुने गरेको विषयले थप चर्चा पाएको थियो ।
सार्वजनिक अडियोमा घुमुवा प्रहरी र केही उच्च प्रहरी अधिकारीको मिलेमतोमा तस्करी सञ्चालन हुने तथा मासिक रूपमा ठूलो रकम माथिल्लो तहसम्म पुग्ने दाबी गरिएको थियो । यद्यपि, ती आरोपहरूबारे आधिकारिक रूपमा पुष्टि भने भएको छैन ।
संगठन प्रमुख अर्थात आईजीले समेत मधेश प्रदेशमा घुमुवा परिचालन गरेर अबैध असुली गराउदै आएको श्रोतबाट बुझिएको छ । उनका विश्वास पात्रको रुपमा रहेका महेन्द्र महतो मधेश प्रदेशको आठ वटै जिल्लाको भ्रमण गरेर कारोवारीहरु संग नजराना उठाउने गरेको आरोप उनी माथि लागेपनि उनका सन्दर्भमा अहिले सम्म कुने कारवाही भएको सुनिदैनन ।
किनभने सबै पहँचको उपज रहेको कारण निकटका कर्मचारीलाई जोगाउने कार्य मात्रै हुने गरेको ति श्रोतको दाबी छ । यस्तै विगत लामो समय सम्म पर्साको वीरगञ्जमा बसेर कारोवारी संग साँठगाँठ राखेर लाइन संचालन गर्न खप्पिस मानिएको वरिष्ठ सई लोकेन्द्र पण्डित बढि बदनाम हुन थालेपछि कारवाही नगरी त्यसै अन्यत्र सरुवा गरिएको श्रोतको दाबी छ ।
छानबिनभन्दा निलम्बनको सिफारिस
अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले तत्काल छानबिन समिति गठन गर्नुको सट्टा वरिष्ठ सई सागर राणालाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको थियो । त्यसलगत्तै प्रहरी प्रधान कार्यालयले राणा, थापा मगर र यादवलाई मुख्यालय तानेर एआईजी उमा प्रसाद चतुर्वेदीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गर्यो ।
तर, लामो समय बितिसक्दा पनि उक्त समितिको प्रतिवेदन सार्वजनिक नभएकाले अनुसन्धानको पारदर्शिता र संगठनको जवाफदेहिता माथि प्रश्न उठ्नु स्वभाविकै हो ।
नेतृत्व तहमै देखियो असमझदारी
प्रहरी स्रोतका अनुसार तत्कालीन डीआईजी थपलियाले धनुषा प्रहरी मातहतका युनिट इन्चार्जहरूलाई पटक–पटक तानेर दबाब दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रमुख एसपी रुगमबहादुर कुँवरसँग सम्बन्ध चिसिएको थियो ।
घुमुवा प्रहरीले भने अनुसार काम नगरेको भन्दै एसपी कुँवरसँग स्पष्टीकरण मागिएको थियो । त्यसबेला उनी लामो बिदामा बसेको विषय पनि व्यापक चर्चामा आएको थियो । हाल उनको सरुवा भइसकेको छ ।
यस्तै, जेठको पहिलो साता तिर सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण प्रभावकारी नभएको तथा चेन अफ कमाण्ड कमजोर भएको भन्दै रौतहटका एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र कुँवरसँग पनि स्पष्टीकरण सोधिएको थियो । पछि दुवैलाई सचेत गराइएको मधेश प्रदेश प्रहरी कार्यालय श्रोतबाट बुझिएको छ ।
बढ्दो विभागीय कारबाही
मधेश प्रदेश प्रहरी कार्यालयका तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा चेन अफ कमाण्ड उल्लंघन गरेको आरोपमा तीन प्रहरी निरीक्षक सहित ३२२ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका थिए । चालु आर्थिक वर्ष २०८२–०८३ को जेठसम्म पाँच जना प्रहरी अधिकृत सहित २६८ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही भइसकेको छ ।
यो तथ्यांकले संगठन भित्र अनुशासन सम्बन्धी चुनौती गम्भीर बन्दै गएको संकेत गर्ने विश्लेषण गरिएको छ ।
पूर्व डीआईजीको टिप्पणी
नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारीका अनुसार ‘घुमुवा’ संयन्त्रको उद्देश्य सूचना संकलन, अपराध अनुसन्धान र तस्करी नियन्त्रणमा घुमुवा प्रहरीको कारण प्रहरी संगठनको साखमा प्रत्यक्ष असर पर्ने गर्दछ ।
सीमावर्ती जिल्लामा तस्करी र ‘सेटिङ’को चर्चा बढ्दै जाँदा त्यसको असर इमानदारीपूर्वक काम गरिरहेका प्रहरी कर्मचारी माथि समेत परेको उनको भनाइ छ ।
विश्वास पुनःस्थापनाको चुनौती
मधेश प्रदेश प्रहरी अहिले सार्वजनिक रूपमा उठिरहेका आरोप, आन्तरिक अनुशासन र जनविश्वासको संकटसँग जुधिरहेको देखिन्छ । उठेका आरोपको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र संगठनभित्र चेन अफ कमाण्डलाई प्रभावकारी बनाउन सके मात्र प्रहरी प्रतिको विश्वास पुनःस्थापित हुन सक्ने सरोकारवालाहरूको धारणा छ ।
यद्यपि, विवादसँग सम्बन्धित छानबिनको अन्तिम प्रतिवेदन सार्वजनिक नभएसम्म मधेश प्रदेश प्रहरी भित्रको चेन अफ कमाण्ड वास्तवमै कति बलियो वा कमजोर छ भन्ने प्रश्न भने यथावत् रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।