अंगदान अभियानमा भारत सरकार–गायत्री परिवार सहकार्य, २६ राज्यमा जनचेतना अभियान सञ्चालन गरिने

0 Shares

नयाँ दिल्ली, १४ असार । अंगदान अभियानमा भारत सरकार–गायत्री परिवार सहकार्य, २६ राज्यमा जनचेतना अभियान सञ्चालन गरिने भएका छन् ।
भारत सरकारले देशभर अंगदान सम्बन्धी जनचेतना विस्तार गर्न अखिल विश्व गायत्री परिवार सँग सहकार्य गर्दै २६ राज्यमा ’दधीचि अंगदान संकल्प अभियान’ सञ्चालन गर्ने भएका हुन् ।
देवसंस्कृति विश्वविद्यालय, शान्तिकुञ्जमा आयोजित राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले अंगदानलाई मानव सेवाको सर्वोच्च कार्यको संज्ञा दिएका छन् । उनले अंगदान मार्फत हजारौ बिरामीले नयाँ जीवन प्राप्त गर्न सक्ने उल्लेख गर्दै अभियानलाई देशव्यापी रूपमा विस्तार गरिने जानकारी दिए ।
मन्त्री नड्डाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक सुधार भएको दाबी गर्दै स्वास्थ्य सेवालाई अझ सहज, प्रभावकारी र नागरिक मैत्री बनाउन सरकार निरन्तर लागिरहेको बताए । उनले अंगदान वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा केन्द्र सरकारले अंगदान अभियानलाई प्रभावकारी बनाउन अखिल विश्व गायत्री परिवारसँग सहकार्य गरेको घोषणा गरिएको थियो । युवा नेतृत्वकर्ता डा. चिन्मय पण्ड्याको नेतृत्वमा गायत्री परिवारले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, नशामुक्ति, व्यक्तित्व विकास तथा सामाजिक चेतनामूलक अभियान सञ्चालन गर्दै आएको उल्लेख गरिएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सनातन संस्कृतिले त्याग, सेवा, समर्पण र परोपकारलाई जीवनको सर्वोच्च मूल्यका रूपमा स्थापित गरेको बताए । उनले महर्षि दधीचिको अस्थिदान र राजा शिविको त्यागको प्रसंग उल्लेख गर्दै भारतीय संस्कृतिमा लोक कल्याणका लागि आफ्नो सर्वस्व अर्पण गर्नु सर्वोच्च धर्म मानिने धारणा व्यक्त गरे ।
गोष्ठीका अध्यक्ष तथा देवसंस्कृति विश्वविद्यालयका प्रतिकुलपति डा. चिन्मय पण्ड्याले यज्ञ केवल धार्मिक अनुष्ठान नभई वैज्ञानिक तथा आध्यात्मिक जीवनपद्धति भएको बताए ।
उनका अनुसार यज्ञले व्यक्ति, परिवार र समाज बीच समन्वय, त्याग, सहयोग, कर्तव्यबोध तथा लोककल्याणको भावना विकास गर्छ । उनले यज्ञको वास्तविक अर्थ केवल अग्निमा आहुति दिनु नभई आफ्नो समय, श्रम, ज्ञान र स्रोतलाई समाज तथा राष्ट्रहितमा समर्पित गर्नु पनि भएको स्पष्ट पारे ।
कार्यक्रममा उत्तराखण्डका विपद् व्यवस्थापन मन्त्री मदन कौशिक, रामकृष्ण मिशनका सचिव स्वामी दयामूत्र्यानन्द, डा. अनिल कुमारलगायत विशेषज्ञहरूले अंगदानका वैज्ञानिक, कानुनी तथा सामाजिक पक्षबारे धारणा राखेका थिए । शान्तिकुञ्जका आचार्यहरूले वैदिक मन्त्रोच्चारण सहित विभिन्न राज्यबाट आएका सहभागीलाई अंगदानको संकल्प गराएका थिए ।
गोष्ठीमा सहभागी हजारौ व्यक्तिले अंगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा राज्यमन्त्री ओमप्रकाश जमदग्नि, प्रो. मीनू सिंह, पद्मश्री नीलेश माण्डलेवाला, डा. विजय धस्माना, वरिष्ठ प्रशासनिक अधिकारी, चिकित्सक, सञ्चारकर्मी तथा देशभरबाट आएका साधकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।