काठमाडौं, २२ पुुस । भारत प्रशासित कश्मिर स्वतन्त्र हुनुपर्छ भनेर नेपाल स्थित पाकिस्नाती राजदुतावासले आयोजना गरेको कार्यक्रमलाई नेपालीहरुले वहिष्कार गरेको छ ।
काठमाडौंको महाराजगञ्ज स्थित पाकिस्तान राजदूतावासले आयोजना गरिएको कार्यक्रमलाई नेपालीहरुले बहिष्कार गरेको हो ।
भारत प्रशासित क्षेत्र कश्मिरको विषय राखेर हरेक वर्ष बजेट सक्न गरिँदै आएको कार्यक्रममा यसपालि नेपाली नागरिकको सहभागिता अति नै न्यून एवं वहिष्कारको गरिएको देखिन्छ । कश्मिरलाई भारतले आफ्नो नक्सामा राखेर शान्ति अमनचयन कायम गरी विकासको दिशातिर अग्रसर गराएका बेला विभिन्न फण्डहरु खान पाकिस्तानले कश्मिर स्वतन्त्रताको नारा लगाउँदै आएको श्रोतको दाबी छ । यसक्रममा कश्मीर सोलाडिरिटी डे भनेर मनाउने गरेको छ । तर पाकिस्तानको यो बजेट पचाउने कार्यक्रममा नेपालीहरु गएन ।
महाराजगंजस्थित बिहीबार दूतावासमा निमकान्त पाण्डे, मञ्जुरत्न शाक्य लगायत ११ जनामात्रै नेपाली सहभागी थिए । यसमा शाक्यका नाति पनि जोडिएका छन् । मान्छे नपुगेपछि शाक्यले आफ्नै नाति लगेर संख्या देखाउने प्रयास गरेका थिए ।
पाकिस्तानी राजदूतले पाण्डेलाई मानिसहरुको उल्लेख्य उपस्थिति गराउन आग्रह गरेका थिए । तर त्यसअनुसार उपस्थिति नभएपछि राजदूत निराश बनेका थिए । पछिल्लो समय पाकिस्तानमा हिन्दु सहित अल्पसंख्यक माथि आक्रमण र हिन्दु मन्दिरहरुमा तोडफोडको घटनाले नेपालीहरु रिसाएका छन् । जसको प्रभाव कार्यक्रम देखिएको बताइएको छ ।
सो कार्यक्रममा नेपाली भन्दा पाकिस्तानी दूतावासकै कर्मचारीको संख्या धेरै थियो । ३५ जना कर्मचारी थिए । बाहिरको सहभागी नभएपछि कार्यक्रम खल्लो भएको श्रोतले बतायो । त्यसो त पछिल्लो समय काठमाडौंमा भूमिका विहीन पाकिस्तानी दूतावासले विभिन्न नाममा पैसा पचाउने काम मात्रै गर्दै आएको छ ।
सोलाडिरिटी डे का नाममा पनि केही रकम खर्च गर्ने र बाँकी गोजीमा हाल्ने गरेको पाकिस्तानी दूतावासका कर्मचारी बताउँछन् । जसरी भारतको सीमामा बसेर पाकिस्तानी सेनाले पाकिस्तान सरकारलाई बेफकुफ बनाएर पैसा लिएर मदिरा खान्छन् त्यसैगरी पाकिस्तानी राजदूतावासले कार्यक्रममा नाम पैसा लिएर आफ्नो देशबाट पैसा लिएर ठग्ने गरेको ति अधिकारीहरु लागिपरेको श्रोतको दाबी छ ।