वीरगञ्ज, १४ असार । पर्सा–बारा जिल्लाका विभिन्न सीमा नाकामा बढ्दो तस्करीबारे प्रत्यक्ष अवस्था बुझ्न गृहमन्त्री सुदन गुरुङले कुनै पूर्वसूचना नदिई भेष बदलेर छड्के अनुगमन गरेका छन् ।
निजी सवारीसाधन प्रयोग गर्दै सीमा क्षेत्रमा पुगेका उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरी तस्करीका गतिविधिबारे जानकारी लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी भएर शुक्रबार राति चितवनबाट प्रस्थान गरेका गृहमन्त्री गुरुङ करिब राति ९ बजे पथलैया पुगेका थिए । त्यसपछि पूर्व–पश्चिम राजमार्ग हुँदै पिलुवा, बडहर्वा र सिमरा क्षेत्रको भ्रमण गर्दै स्थानीयसँग अनौपचारिक छलफल गरेका थिए ।
शनिबार बिहान वीरगञ्ज पुगेका उनले तस्करीका लागि संवेदनशील मानिने अलौं र पनटोक्का लगायत सहायक सीमा नाकाको स्थलगत अनुगमन गरे । अनुगमनका क्रममा स्थानीयसँग साइकल, मोटरसाइकल तथा टाउकोमा बोकेर हुने अवैध सामान ओसार पसारबारे जानकारी लिएका थिए ।
स्थानीयले गृहमन्त्री समक्ष सीमा क्षेत्रमा सुरक्षाकर्मीको मिलेमतोमा दिन दहाडै तस्करी हुने गरेको आरोप लगाएका थिए । उनीहरूले जडान गरिएका सिसी क्यामेरा प्रभावकारी रूपमा प्रयोग हुन नसकेको र त्यसकै आडमा अवैध कारोबार भइरहेको दाबी गरेका थिए । यद्यपि, यी आरोप बारे सम्बन्धित सुरक्षा निकायले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
अनुगमनका क्रममा स्थानीय सुरेन्द्र साहले भारततर्फ चारवटा मोटरसाइकलमा तस्करीका सामान लोड गरेर राखिएको र अनुगमन टोली फर्किएपछि ती सामान नेपाल भित्रर्याइने गरेको गुनासो गरेका थिए । त्यसपछि गृहमन्त्रीले आफ्नो टोलीका एक सदस्यलाई घटनास्थलमा पुगेर वास्तविक अवस्था बुझ्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन