अमरावती, १४ असार । राष्ट्रिय खोप दिवसको अवसरमा भारतको आन्ध्र प्रदेशमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकालाई पोलियो थोपा खुवाउने विशेष अभियान सञ्चालन गरिएको छ ।
अभियानको पहिलो चरणमै आधाभन्दा बढी लक्षित बालबालिकालाई खोप दिइएको अधिकारीहरूले जनाएको हो ।
आन्ध्र प्रदेशका स्वास्थ्य तथा परिवार कल्याण आयुक्त चक्रधर बाबुका अनुसार प्रदेशभर पहिचान गरिएका ४९ लाख २० हजार लाभग्राही मध्ये आइतबार दिउँसो १ बजेसम्म २५ लाख ७७ हजार ९८७ बालबालिकालाई पोलियो थोपा खुवाइयो ।
उनका अनुसार यो संख्या कुल लक्षित बालबालिकाको ५२.४० प्रतिशत हो । बाँकी बालबालिकालाई पनि अभियान मार्फत खोप उपलब्ध गराएर शतप्रतिशत लक्ष्य हासिल गर्ने तयारी गरिएको स्वास्थ्य विभागले जनाएको छ ।
पोलियो उन्मूलन अभियानलाई प्रभावकारी बनाउन प्रदेशभरीका स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय निकाय परिचालन गरिएको छ । सरकारले पाँच वर्षमुनिका कुनै पनि बालबालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ अभियान सञ्चालन गरेको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन