रौतहट, १४ असार । गौर आँखा अस्पताल, पुरेनवाको महाअभियानको कारवा चन्द्रपुर नगरपालिकाको गैडाटारमा दुई दिने निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
चन्द्रपुर–३ गैडाटार स्थित जनहित आधारभूत विद्यालयमा आयोजित दुई दिने बृहत् स्वास्थ्य तथा आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको हो ।
शिविरमा बालबालिका देखि लिएर ८४ वर्ष सम्मका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा श्रवण समस्या भएका वृद्धवृद्धाहरु समेत प्रत्यक्ष लाभान्वित भएको गौर आँखा अस्पतालले जनाए ।
चन्द्रनिगाहपुर अस्पताल, रौतहटका सम्पूर्ण लायन्स क्लबहरू, एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विशेष पहल तथा सहकार्य र रुइत फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित उक्त शिविरमा गौर आँखा अस्पताल पुरेनवाका प्राविधिक अशोक पासवान सहित सात सदस्यीय स्वास्थ्यकर्मी तथा प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो ।
दुई दिन सम्म सञ्चालन भएको शिविरमा कुल ४६८ जना स्थानीयहरु स्वास्थ्य तथा आँखा परीक्षण गराएको थियो । परीक्षणका क्रममा ३८ जनामा मोतियाबिन्दु पहिचान हुँदा उनीहरुलाई शल्यक्रियाको लागि छनौट गरिएको छ । २२९ जनालाई निःशुल्क औषधि र ११३ जनालाई निःशुल्क चश्मा वितरण गरिएको अस्पतालले जनाए ।
मोतियाबिन्दु देखिएका सबै ३८ जना बिरामीको गौर आँखा अस्पताल, पुरेनवामा पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । शल्यक्रिया देखि लिएर आवश्यक उपचार सम्मको सम्पूर्ण खर्च अस्पतालले नै व्यहोर्ने अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
उक्त शिविरमा स्थानीय जनप्रतिनिधि, नागरिक अगुवाहरुको पनि उल्लेखय संख्यमा उपस्थित रहेको समेत अस्पतालले जनाए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन