विओपी इन्चार्जको सेटिङमा सखुअवा नाकाबाट कपडा र माछाको आडमा लागुऔषधको कारोवार फस्टाउदै

0 Shares

रौतहट, १४ असार । सर्लाहीको सखुअवा नाकाबाट कपडा, किराना तथा माछा सहितको कारोवारको आडमा लागुऔषधको अबैध कारोवार फस्टाउदै गएका छन् ।
विओपी सखुअवाका इन्चार्ज सई पुस्कर रिमालको सेटिङमा विजय, पुकार, दिनेश, संजिप सहितका करिव एक दर्जन कारोवारीलाई लाईन दिएको स्थानीय श्रोतले गम्भीर आरोप लगाएका हुन् ।
हुन पनि हो, श्रोत भन्छन्ः केही दिन अघि बाइकमा ल्याउदै गरेका सामानहरुलाई रोकेर चेकजाँच गर्दा माछा र कपडाको पोका भित्र लागुऔषधमा प्रयोग हुने कोरेक्स बरामद भएपनि सेटिङकै आधारमा उनीहरुलाई उन्मुक्ति दिइयो ।
सीमापारी भारतीय बजारबाट अबैध रुपमा भित्रिने उक्त सामानहरु दैनिक एक सय देखि लिएर डेढ सय बाइकहरु ओहरदोहर गर्ने गरिन्छ । बाँसघारी, खोला किनार भएर भित्रिने दैनिक उपभोग्य, कपडा, माछा लगायतको सामान भित्र लागुऔषध भित्रिनु निकै गैरकानुनी कार्य भईरहेपनि लेनदेनको आधारमा हुने गरेको अबैद्य सेटिङको कारण सखुअवा नाका इन्चार्ज रिमाल अहिले निकै चर्चा रहेको ति श्रोतले बतायो ।
स्थानीयले सीमा क्षेत्रमा सुरक्षाकर्मीको प्रभावकारी निगरानी हुन नसकेको तथा अवैध कारोबार नियन्त्रणमा कमजोरी देखिएको प्रमुख कारण अपवित्र सेटिङ नै रहेको हुदा चोरी निकासी निर्वाध रुपमा जारी रहेका छन ।
यस विषयमा सीमा सुरक्षा पोस्ट (बीओपी) सखुअवाका इन्चार्ज रिमाल संग सम्पर्क हुन सकेनन् । सीमा क्षेत्रमा हुने अवैध ओसारपसार र लागुऔषध कारोबारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने सम्बध निकायले दाबी गरेपनि व्यवहारमा सेटिङमै रमाउने गरेको सीमा क्षेत्रका बासिन्दाहरुको दाबी छ ।
सखुअवा विओपी इन्चार्ज सई रिमालको सेटिंगमा सीमापारीबाट हुने गरेका तस्करीको यो एउटा नमूनामा मात्रै हो । स्थानीय बासिन्दाले उपलब्ध गराएको भिडियो हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।