रौतहट, १४ असार । रौतहटको गढीमाई नगरपालिकाको हरैया घाट स्थित बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आईतवार दिउँसो करिब ३ः२० बजेको समयमा गढीमाई नगरपालिका–१ का भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव नदीमा बेपत्ता मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा खटिएका प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरे ।
अनिकेशको शव फेला परेपनि केही समयको खोजतलास पछि दिउँसो ३ः५४ बजेको समयमा घटनास्थलबाट ५० मिटर दक्षिणतर्फ बागमती नदीमै आदित्यलाई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
दुबै बालकको शवलाई पोष्टमार्टन गर्न प्रादेशिक अस्पताल गौरमा ल्याएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी गौतमले भने ।
वागमती नदीबाट बालकको शव बाहिर निकाल्दै स्थानीय प्रहरी तथा रुवाबासी गर्दै आफन्त ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन