गौर आँखा अस्पतालको महाअभियान परोहाको रामपुर खापमा, एउटै परिवारका तीन बालबालिकामा देखियो मोतियाबिन्दु

0 Shares

रौतहट, १५ असार । रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको निःशुल्क आँखा परिक्षण तथा उपचार शिविरको आयोजना गरियो ।
तर शिविरमा आँखाको परिक्षण गराउन आएका तीन जना बालबालिकामा देखियो मोतियाविन्दुको समस्या, उनीहरुको आँखामा देखिएको समस्याले चिन्ताजनक स्वास्थ्य अवस्थालाई उजागर गरेको हो ।
डाँक फाउण्डेशनको आर्थिक सहयोगमा गौर आँखा अस्पताल पुरेनवाको महाअभियान अन्तर्गत संचालिन उक्त शविरमा एउटै परिवारका तीन बालबालिकासहित २८ जनामा दृष्टि गुम्ने जोखिमयुक्त मोतियाबिन्दु रोग फेला परेको शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
महाअभियान अन्तर्गत सञ्चालन गरिएको शिविरमा आँखा उपचार केन्द्र बंकुलका इन्चार्ज अफ्ताब आलमसहित पाँच सदस्यीय प्राविधिक टोलीले १७८ जनाको आँखा परीक्षण गरे । परीक्षणका क्रममा ९८ जनालाई निःशुल्क औषधि समेत वितरण गरिएको उनले भने ।
शिविरको सबैभन्दा संवेदनशील पक्ष भनेको एउटै परिवारका ३, ६ र ९ वर्ष उमेरका तीन बालबालिकाको दुवै आँखामा गम्भीर मोतियाबिन्दु देखिनु रहेको जानकारी दिदै कार्यक्रम संयोजक पाण्डेले यति कम उमेरमै बालबालिकामा दृष्टि गुम्ने जोखिमयुक्त रोग देखिएपछि चिकित्सकहरूले यसलाई अत्यन्त गम्भीर रूपमा लिँदै समयमै परीक्षण र उपचारको आवश्यकता औंल्याए ।
पाण्डेयले समयमै रोगको पहिचान र उपचार गर्न सके दृष्टि जोगाउन सकिने तथा प्रभावित बालबालिकाले पुनः उज्यालो संसार देख्न सक्ने बताए । उनले स्थानीय सरकार, विभिन्न संघ–संस्था, सञ्चारमाध्यम तथा आम नागरिकबीचको सहकार्यबाट यस्ता स्वास्थ्य अभियानलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिँदै गौर आँखा अस्पताल सेवामूलक कार्यक्रमहरूमा निरन्तर साझेदारी गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
“समयमै आँखा जाँच गरौं, दृष्टि बचाऔं” भन्ने सन्देश सहित अस्पतालले आफ्नो महाअभियानलाई निरन्तर अघि बढाइरहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।