रौतहट, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा रौतहटको कटहरिया नगरपालिका–६ मा आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, केन्द्रीय सदस्य प्रतिमा गौतम तथा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले खेतमै धान रोपेर दिवस मनाएका छन् ।
राष्ट्रिय किसान महासंघको आयोजनामा सम्पन्न कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरू, प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, किसान तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेका थिए ।
धान रोपाई कार्यक्रममा केन्द्रीय सदस्यद्वय अन्जु झा र मधेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका नागेन्द्र साह, जिल्ला अध्यक्ष सुनिलकुमार यादव सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
धान रोपाइँमा सहभागी नेताहरूले किसानप्रति सम्मान व्यक्त गर्दै कृषि उत्पादन वृद्धि, किसानको मनोबल उच्च बनाउने र कृषि क्षेत्रलाई आधुनिक तथा उत्पादनमुखी बनाउन सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिए ।
उनीहरूले कृषि नेपालको अर्थतन्त्र र खाद्य सुरक्षाको आधार भएकाले किसानको हितलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।
आयोजकका अनुसार राष्ट्रिय धान दिवसका अवसरमा आयोजित यस कार्यक्रमले कृषि पेशाप्रति सम्मान, किसानप्रतिको ऐक्यबद्धता तथा कृषि उत्पादन बढाउने सामूहिक प्रतिबद्धताको सन्देश दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन