सर्लाही, १५ असार । सर्लाहीको बलरा नगरपालिकामा एक नबालिका बलात्कारको शिकार बनेकी छिन् ।
बलरा नगरपालिका–४ निवासी ४२ बर्षीय फणिन्द्र सिहले स्थानीय एक १५ बर्षीया नबालिकाको घरमा सोमवार दिउसो २ बजेको समयमा प्रवेश गरेर बलजफती बलात्कार गर्न थालेपछि पिडिता गुहार माग्दै गर्दा केही स्थानीयले आवाज सुनेपछि निजलाई समिातेर इलाका प्रहरी कार्यालय बलरामा बुझाएका हुन् ।
बलात्कारको आरोप लागेका सिंहलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको जानकारी स्थानीय बासिन्दाहरुले दिदै बलात्कृत नवालिकालाई स्वास्थ्य परिक्षणको लागि मलंगवा लगिएको प्रत्यक्षदर्शी स्थानीयले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले आरोपित प्रहरी नियन्त्रणमा रहेको स्वीकार्दै प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए । अनुसन्धान सकेपछि मात्रै केही भन्न सकिने उनले स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन