झापा, १८ असार । झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्यको लागि संयुक्त रूपमा शिलान्यास गरिएको छ ।
कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा तथा काठमाडौं स्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा भवनको शिलान्यास गरेको हो ।
भारत सरकारको ३ करोड रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (ज्ष्नज क्ष्mउबअत ऋयmmगलष्तथ म्भखभयिऊभलत एचयवभअत) अन्तर्गत निर्माण गरिदै छ । उक्त परियोजना शिवसताक्षी नगरपालिका मार्फत कार्यान्वयन हुने जनाइए ।
शिलान्यास कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ थोप्रा लगायत स्थानीय सरोकारवालाले शिक्षा क्षेत्रमा भारत सरकारले निरन्तर उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गरेका थिए । उनीहरूले नयाँ विद्यालय भवन निर्माण पछि विद्यार्थी र शिक्षकका लागि सुरक्षित, सुविधा सम्पन्न तथा गुणस्तरीय सिकाइ वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा दुतावासको द्वितीय सचिव नौटियालले नेपाल–भारत बीचको ऐतिहासिक मित्रता र विकास साझेदारीलाई थप मजबुत बनाउने यस्ता परियोजनाले स्थानीय तहको शैक्षिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राखिन ।
भारत सरकार नेपाल सँगको निकट छिमेकी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य अनुरूप उच्च प्रभाव सामुदायिक विकास परियोजना मार्फत शिक्षा, स्वास्थ्य तथा अन्य प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माणलाई निरन्तर सहयोग गर्दै आइएको छ । यस्ता परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको लक्ष्यलाई सहयोग पुर्याउनुका साथै स्थानीय समुदायको जीवनस्तर सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन