काठमाडौं, २० असार । आम जनता पार्टी (आजपा) ले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यकाललाई अधिकांश क्षेत्रमा असफल भएको ठहर गरेका छन् ।
आजपाले सार्वजनिक गरेको समीक्षा दस्तावेजमा सरकार सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय, राष्ट्रियता, लोकतान्त्रिक अभ्यास तथा अर्थतन्त्र सुधारमा अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका हुन् ।
दस्तावेज अनुसार सरकारले जेनेजी आन्दोलनका पीडितलाई न्याय दिलाउने विषय ओझेलमा पारेको, भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको, महँगी नियन्त्रण गर्न असफल भएको तथा मन्त्रालयहरूमा सल्लाहकार र स्वकीय सचिवालय विस्तार गरेर राज्यको खर्च बढाएको उल्लेख गरिएको छ ।
आजपाले संविधान संशोधनलाई कर्मकाण्डमा सीमित गरिएको, प्रशासनिक सुधार प्रभावहीन बनेको र सार्वजनिक नियुक्तिमा आफ्ना निकट व्यक्तिलाई प्राथमिकता दिइएको आरोप पनि लगाएको छ ।
सामाजिक न्यायतर्फ सुकुम्बासी व्यवस्थापन, दलित समुदायसँग गरिएका प्रतिबद्धता र सीमान्तकृत वर्गका अधिकार कार्यान्वयनमा सरकार असफल भएको दाबी गर्दै शिक्षा र स्वास्थ्यमा कर लगाएर नागरिकको मौलिक अधिकार माथि प्रहार गरिएको जनाए ।
राष्ट्रियताका सवालमा विदेशीलाई सरकारी उच्च पदमा प्रवेश गराइएको, वंशजको नागरिकता सम्बन्धी प्रक्रिया अघि बढाइएको, नेपाली पूँजी विदेश लैजाने नीति सुरु गरिएको तथा सीमा विवादमा सरकारको अभिव्यक्तिले नेपालको दाबी कमजोर बनाएको आरोप पनि समीक्षा दस्तावेजमा समावेश गरिएको छ ।
लोकतन्त्रका सन्दर्भमा संसद्को भूमिका कमजोर बनाइएको, कानुनी शासनभन्दा मनपरी शासन हाबी भएको तथा अदृश्य समूहबाट शासन सञ्चालन भइरहेको आजपाको दाबी छ ।
अर्थतन्त्रतर्फ सरकारले दलाल वर्गलाई संरक्षण गरेको, कर र ऋणको भार बढाएको, राजस्व संकलन र पुँजीगत खर्च दुवैमा कमजोर प्रदर्शन गरेको तथा रोजगारी सिर्जना, वैदेशिक लगानी र बजार चलायमान बनाउन असफल भएको आजपाले जनाए ।
आजपाले समग्रमा वर्तमान सरकारले १०० दिनको अवधिमा सुशासन, सामाजिक न्याय, राष्ट्रिय हित, लोकतान्त्रिक अभ्यास र आर्थिक व्यवस्थापनमा जनअपेक्षा अनुसार परिणाम दिन नसकेको निष्कर्ष सार्वजनिक गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन