रौतहट, २० असार । रौतहट सदरमुकाम गौरलाई विभिन्न खाले अपराध मुक्त बनाउन तथा आम नागरिकलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति दिनउने उद्देश्यबाट ड्रोन क्यामरा मार्फत निगरानी तथा गस्ती कार्य प्रहरीले सुरु गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले ड्रोन क्यामराबाट लिएको फुटेजहरु सार्वजनिक गर्दै नगरक्षेत्रमा विभिन्न खाले अपराधिक गतिविधि माथि नियन्त्रणको साथै आम नागरिकलाई शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभुति दिलाउन यहाँको प्रहरी सक्षम रहेको प्रमुख उद्देश्यका साथ पहिलो पटक ड्रोनबाट पनि हवाई गस्ती एवं निगरानी राख्न थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी सिताराम रिजालले जानकारी गराएका हुन् ।
प्रहरीले गएको बिहीबार देखि गौर नगरपालिका तथा आसपासका क्षेत्रमा ड्रोन परिचालन गरी सुरक्षा निगरानी बढाएको छ । आधुनिक परिवेशमा पुरानो शैलीको साथै नयाँ प्रविधिको प्रयोग गर्दै सम्बेदनशिल क्षेत्रबाट हुने गरेका लागुऔषध ओसारपसार, उच्छृङ्खल गतिविधि तथा विभिन्न खाले अपराधिक गतिविधिबाट सार्वजनिक सुरक्षामा चुनौतीलाई वेलैमा निष्तेज पार्ने योजना रौतहट प्रहरीको रहेको उनले भने ।
एसपी रिजालका अनुसार बजार क्षेत्रमा तीव्र गतिमा मोटरसाइकल चलाउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने तथा शंकास्पद गतिविधिमा संलग्न हुने, सीमा वारपारीको अबैध कारोवारको साथै सामाजिक द्वेशलाई ड्रोनको माध्यमबाट निगरानीमा राखिरहेको छ ।
उनले ड्रोनबाट प्राप्त हुने प्रत्यक्ष दृश्य र सूचनाका आधारमा आवश्यक परे तत्काल प्रहरी टोली घटनास्थलमा परिचालन गरिने गरी प्रहरी टोली २४ औं घण्टा तयारी अवस्थामा रहेको बताए । आधुनिक प्रविधिले बजार क्षेत्रको शान्ति सुरक्षा सुदृढ बनाउनुका साथै अपराध नियन्त्रण र अनुसन्धानलाई थप प्रभावकारी बनाउने विश्वास एसपी रिजालले व्यक्त गरे ।
प्रहरीले सबै नागरिकलाई कानुनको पालना गर्न, ट्राफिक नियम उल्लंघन नगर्न तथा सार्वजनिक स्थानमा शान्तिभंग हुने कुनै पनि गतिविधिमा संलग्न नहुन अनुरोध गरे । ड्रोनबाट संकलित भिडियो तथा दृश्य प्रमाणका आधारमा नियम उल्लंघन गर्ने व्यक्तिमाथि कानुन बमोजिम कारबाही गरिने समेत उनले चेतावनी दिए ।
गौरको सुरक्षा ड्रोनबाट गर्दै गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको फुटेज ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन