नयाँ दिल्ली, २२ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तिब्बती आध्यात्मिक नेता दलाई लामालाई उनको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै शान्ति, सद्भाव र नैतिक नेतृत्वको खुलेर प्रशंसा गरे ।
सामाजिक सञ्जाल ‘एक्स’ मा शुभकामना सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले दलाई लामाको शान्ति र सद्भावको सन्देश विश्वभरका मानिसहरूको लागि प्रेरणा र मार्गदर्शक बनेको उल्लेख गरेको हो ।
उनले दलाई लामाको नैतिक तथा आध्यात्मिक शक्ति र विश्व कल्याण प्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको भन्दै दीर्घायु र सुस्वास्थ्यको कामना प्रधानमन्त्री मोदीले गरे ।
दलाई लामाको जन्म सन् १९३५ जुलाई ६ मा तिब्बतको आम्दो क्षेत्र स्थित ताक्तसेर गाउँमा एक तिब्बती किसान परिवारमा भएको थियो । सन् १९५९ मा तिब्बतबाट निर्वासित भएपछि उनी भारतमा बसोबास गर्दै आएको छ र विश्वभर शान्ति, अहिंसा तथा करुणाको सन्देश फैलाउँदै आएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन