0
Shares
मुम्बई, ६ असार । मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा तथा तीव्र हावाहुरीको पूर्वानुमान जारी भएपछि सोमबार महाराष्ट्र विधानसभाको बैठक दिनभरका लागि स्थगित गरिएको छ ।
विधानसभाका सभामुख राहुल नार्वेकरले मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै बैठक स्थगित गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
उनले सम्भावित विपद् व्यवस्थापन तथा उद्धार–राहत कार्यमा प्रशासनलाई सहयोग गर्न सम्पूर्ण विधायक र सर्वसाधारणलाई आग्रह गरेका छन् ।
मौसम विभागले मुम्बई महानगर क्षेत्र र आसपासका जिल्लामा भारी वर्षा, तीव्र हावा तथा केही स्थानमा जलजमावको जोखिम रहने चेतावनी दिए । प्रशासनले नागरिकलाई आवश्यक सावधानी अपनाउन र आधिकारिक सूचनाको पालना गर्न अनुरोध गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन