रौतहट, २४ असार । रौतहटको ईशनाथ नगरपालिका–३, औरैयामा जग्गाको विषयलाई लिएर भएको विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट एक जनाको हत्या गरिएको छ।
मंगलबार राति ८:१५ बजेको समयमा स्थानीय ८० वर्षीय रामबहादुर साह, उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साह तथा ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद हुँदा कुटपिट पश्चात् हिंसक रुप लिएर उक्त हत्या भएको हो ।
विवादका क्रममा राममहेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट बुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि राति ९:०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाए।
घटनामा ८० वर्षीय साह घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न आरोपित राममहेश्वर र हिंसक घटनामा संलग्न रामऔतारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन