सर्लाही, २५ असार । “बुझौं मधेश, घुमौं मधेश” मूल नारालाई आत्मसात गर्दै पर्यटन पुर्वाधार विकास कार्यालयको आर्थिक सहयोगमा सर्लाही जिल्लाको दुई स्थानमा हेल्प डेस्कको स्थापना गरिएको छ ।
बलरा नगरपालिका–४ स्थित एकिकृत भवन परिसरमा वडाध्यक्ष मणिभूषण सिंहद्वारा रिबन काटेर हेल्प डेस्क को विधिवत रुपमा स्थापना गरिएको हो ।
उक्त स्थापना कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, समाजसेवीहरु, अस्पतालका डा. अभिनास अन्जुम, समाजसेवी रामजनम दास, सञ्चारकर्मी स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेका थिए ।
यसैगरी दोस्रो पर्यटन हेल्प डेस्क सर्लाही सदरमुकाम मलंगवा नगरपालिका ८ स्थित भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा स्थापना गरिएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सर्लाहीका बोर्ड सदस्य एवं समाजसेवी शिवनाथ प्रसाद साह, मलंगवा भन्सार प्रमुख, सशस्त्र प्रहरी बल, नेपाल मलंगवा गुल्मका डीएसपी विष्णु अधिकारी, समाजसेवी, जनप्रतिनिधिहरुको लगायत विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
दुवै हेल्प डेस्कमा मधेश प्रदेशका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूको आकर्षक तस्बिर तथा आवश्यक पर्यटन सम्बन्धि जानकारी मुलक सन्देशहरु राखिएको छ ।
उक्त हेल्प डेस्क स्थापनाबाट आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रूपमा पर्यटन सम्बन्धी सूचना सम्बन्धी जानकारी पाउनुका साथै मधेश मधेश प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन विकास कार्यालय, गौर रौतहटको सहयोगमा सञ्चालनमा सहजीकरण एवं स्थापना कार्यमा मध्य तराई मिडिया प्रालीको विशेष पहलमा सम्पन्न भएको थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन