सुशासनको खुलेआम धज्जी उडाउदै उपसचिव घिमिरे, मौलापुरको कारोवार काठमाडौंबाट गरिएकोमा नगरप्रमुख रिनाकुमारी साहको गम्भीर आपत्ती

0 Shares

रौतहट, २६ असार । रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना कुमारी साहले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे माथि काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौ रुपैया निकासा गरेको आरोप लगाउँदै तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्न नेपाल सरकारसँग माग गरेकी छिन् ।
शुक्रबार जारी प्रेस वक्तव्यमा नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत घिमिरे लामो समयदेखि कार्यालयमा अनुपस्थित रहँदा नगरपालिकाको प्रशासनिक कामकाज प्रभावित भएको, सेवाप्रवाह अवरुद्ध बनेको, बजेट कार्यान्वयनमा समस्या आएको तथा विकास निर्माणका योजना प्रभावित भएको उल्लेख गरेकी हुन् ।
वक्तव्यमा अगाडी भनिएको छ, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले नगर प्रमुखको जानकारी तथा निर्णय बिनानै नगरपालिकाको खाताबाट रकम निकासा गरेको दाबी गर्दै उक्त कार्यलाई गम्भीर आर्थिक अनियमितता तथा भ्रष्टाचार जन्य गतिविधि भएको आरोप लगाइएको ठहर गरिन । नगर प्रमुख साहले सरकारी खाताबाट निकालिएको भनिएको रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गराई कानुनी प्रक्रिया अघि बढाउन सरकार सँग आग्रह गरिन् ।
उनले सरकारी स्रोतसाधनलाई व्यक्तिगत सम्पत्ति सरह प्रयोग गर्ने प्रवृत्ति अस्वीकार्य रहेको उल्लेख गर्दै घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याई निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रेस वक्तव्यमा मौलापुर नगरपालिका सम्बन्धी विषयमा सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशको समेत अवज्ञा भएको दाबी गरिएको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीका कारण नगरवासी आन्दोलित भएको तथा नगरपालिकाको नियमित सेवा प्रवाहसमेत प्रभावित बनेको नगर प्रमुख साहको कथन छ ।
उनले केही योजनाको भुक्तानी गरिएको तर समान प्रकृतिका अन्य योजनाको भुक्तानी रोकिएको भन्दै त्यसले थप विवाद र असन्तुष्टि सिर्जना गरेको पनि उल्लेख गरिन ।
नगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी नगरपालिकाको खाताबाट निकालिएको भनिएको रकम असुलउपर गरेर फिर्ता गराउन तथा घटनाको निष्पक्ष छानबिन गर्न संघीय सरकारसँग जोडदार माग उनले गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।