सर्लाहीको सिसौटिया गाउँमा ४२ बर्षिय युवकद्वारा शरिरमा पेट्रोल खन्याएर आगो लगाए, उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लगियो

0 Shares

सर्लाही, २६ असार । सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटिया गाउँमा शुक्रबार दिउँसो एक ४२ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउदा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सिसौटियाका विवेक मण्डलले घरबाट करिब २०० मिटर टाढा पुगेर शरीरमा पेट्रोल खन्याएर आगो लगाउदा उक्त घटना भएका हुन् ।
आगलागीबाट गम्भीर घाइते भएका मण्डलको प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार पछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट शुक्रवार साँझ काठमाडौ लगिएको छ ।
मण्डलको अवस्था गम्भीर रहेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी बेदप्रसाद गौतमले युवक मण्डलले यस्तो कदम किन चाले भन्ने कारण अझै खुल्न सकेको नसकेको बताए । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
यसैबीच, सर्लाही क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाबारे जानकारी प्राप्त भएपश्चात प्रधानमन्त्री, गृहमन्त्रीलाई फोन गरेर तत्कालै हेलिकप्टरको प्रबन्ध मिलाइएको श्रोतले बतायो ।
मौसम प्रतिकुल भएपनि केही वेर अघि हेलिकप्टरबाट युवकलाई काठमाडौं लगिएको बताइएको छ । युवकको अधिकाँश भाग जलेको एक चिकित्सकले बताए ।
काठमाडौंको त्रिपुरेश्वर स्थित राहदानी विभाग छेउमा मुगुका गणेश नेपालीले हिजो पेट्रोल खन्याएर आगो लगाएको घटना सेलाउन नपाउदै सर्लाहीको सिसौटियामा भएको घटनाले समाजलाई कता तिर लगिरहेको छ भने राज्य समक्ष गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।