रौतहट, २८ असार । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्युको घटनाले स्थानीय क्षेत्रमा सनसनी मचेको छ ।
महिलाको शव झुण्डिरहेको अवस्थामा देखेपछि माइती पक्षले दाइजोको निहुँमा छोरीको हत्या गरिएको गम्भीर आरोप लगाए पछि घटनाले उक्त क्षेत्रमा सनसनी मचेको हो ।
प्रहरीले घटनालाई लिएर सम्बेदनशिल भई विभिन्न कोणबाट अनुसन्धान कार्य अघि बढाएको जनाए ।
प्रहरीका अनुसार कटहरिया नगरपालिका–३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाएर घरको बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । तत्पश्चात इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली परिचालन गरी घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरिएको प्रहरीले जनाए ।
कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।
ईशनाथ नगरपालिका–जटहरा निवासी मृतक महिलाको बुवा रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरी घटनालाई आत्महत्या जस्तो देखाउन शव झुन्ड्याइएको आरोप लगाए । उनका अनुसार गएको फागुन महिनामा विवाह भएको थियो ।
ज्वाई सोनारले पटक–पटक एसी, नगद तथा अन्य दाइजोको माग गर्दै छोरीमाथि मानसिक तथा शारीरिक यातना दिने गरेका रबिन्द्रले आरोप लगाए । घटनापछि ज्वाई घर छाडेर सम्पर्क विहीन भएको दाबी पनि उनले गरे । घटनापछि स्थानीयवासी तथा आफन्तले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग रौतहट प्रहरी संग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी एवं डीएसपी बसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम पश्चात आउने प्रतिवेदन र अनुसन्धानबाट मात्रै पुष्टि हुने बताए ।
अहिले विभिन्न कोर्णबाट सुक्ष्म रुपमा अनुसन्धान भईरहेको तथा प्रमाण संकलन गर्ने कार्य भईरहेको अहिले नै कसैलाई दोषी ठहर गर्न नमिल्ने उनले स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन