प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द

   २३ पुष २०७८, शुक्रबार १७:१०  

रौतहट, २३ पुस । बढ्दै गएको कोरोना भाइरसको कारण प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण कार्यक्रम रद्द गरिएको छ ।
भारतको गुजरातमा हुन गईरहेको भाइव्रेट सम्मेलनमा भाग लिन त्यस तर्फ पुस २६ गते जाने कार्यक्रम तय गरिएका थिए तर भारतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमण लाई लिएर उक्त सम्मेलन स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण रद्द गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनको गृहराज्य गुजरातमा यही पुस २६ देखि २८ गतेसम्म आयोजना हुने भनिएको गुजरात भाइव्रेट सम्मेलनमालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम थियो ।
बाह्य लगानीलाई आकर्षित गर्ने उद्देश्यले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गरेको उक्त सम्मेलनको १० औँ शृङ्खलामा प्रधानमन्त्री देउवा सहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकारप्रमुखहरुले भाग लिने कार्यक्रम थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै