रौतहट, २९ असार । रौतहटको पत्रकारिता क्षेत्रमा सक्रिय, ऊर्जाशील र जिम्मेवार पत्रकारका रूपमा परिचित नेपाल प्रेस युनियन रौतहट शाखाका अध्यक्ष तथा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता प्रिमेश सिवाकोटीको असामयिक निधन भएको छ ।
उनको सोमबार बिहान चन्द्रपुर नगरपालिका स्थित पैत्रिक निवासमा असामयिक निधन भएको हो ।
पछिल्लो केहि समय देखि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका सिवाकोटीको मिर्गौला, कलेजो, फोक्सो लगायत शरीरका महत्वपूर्ण अंगहरूले काम गर्न छाडेपछि उनले आज अन्तिम श्वास फेरेका हुन् । उनको निधनसँगै रौतहटको पत्रकारिता क्षेत्रले एक सक्रिय, निर्भीक र कर्तव्यनिष्ठ पत्रकार गुमाएको छ ।
उनको निधनको खबर सार्वजनिक भएसँगै रौतहट सहित देशभरका पत्रकार, सञ्चारकर्मी, राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरू शोकमा डुबेका छन् । सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रम जारी छ । धेरैले उनलाई मिलनसार, इमानदार, सहयोगी र सत्यको पक्षमा निडर भएर कलम चलाउने पत्रकारका रूपमा स्मरण गरेका छन् ।
सिवाकोटीको असामयिक निधनले रौतहटको पत्रकारिता क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको छ ।
भावपूर्ण श्रद्धाञ्जली !
प्रिमेश सिवाकोटीप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तराई टपले व्यक्त गर्दछ ।
यसैबिच, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल र रौतहट शाखा सचिव गौतम श्रेष्ठले छुटाछुटै रुपमा शोक विज्ञप्ती जारी गरेर अल्पआयुमै निधन भएका प्रिमेश सिवाकोटीको आत्मा प्रति चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनलाई दुखको घडीमा धर्यधारण गर्दै हार्दिक समवेदना प्रकट गरेका छन् ।
उनको पार्थिव शरिर माथि नेपाली काँग्रेसको चार तारा अंकित झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण नेपाली काँग्रेसका पूर्व साँसद देवप्रसाद तिमलसिनाले गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन