रौतहट, २९ असार । काठमाडौं स्थित कान्तिपुर पब्लिकेसन्सको मुख्य गेट अगाडि सोमबार बिहान शंकास्पद अवस्थामा छाडिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडीको रौतहट सँग सम्बन्ध रहेको खुलेको छ ।
उक्त गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेपछि घटनाले नयाँ मोड लिएको हो ।
प्राप्त विवरण अनुसार उक्त गाडी हालसम्म आधिकारिक रूपमा नामसारी भइसकेको छैन । गाडी केही समयअघि ज्योति कन्सर्नका नाममा बुकिङ गरिएको भए पनि अभिलेखमा अझै एसटी मोटर्सकै नाम कायम रहेको बताइएको छ ।
जयसवाल रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणि प्रसाद कलवारको कान्छो छोरा हो । मिडिया रिपोर्टका अनुसार नगरप्रमुख कन्थमणिले उक्त गाडी करिब एक महिना अघि मात्रै खरिद गरिएको र हालसम्म नामसारी प्रक्रिया पूरा नभएको पुष्टि गरेको उल्लेख छ ।
उनले भने, “हो, बा ०१–०३४ च ८४८० नम्बरको गाडी मेरो छोरा रविले चलाउँदै आएको हो । करिब एक महिना अघि किनेका हौं, तर अहिले सम्म नामसारी भएको छैन ।”
कान्तिपुर पब्लिकेसनको गेट अगाडि गाडी शंकास्पद रूपमा छाडिएको घटनापछि यसको उद्देश्यबारे विभिन्न अड्कलबाजी सुरु भएको छ । यद्यपि, गाडी त्यहाँ किन छाडियो, कसले छाड्यो र त्यसको उद्देश्य के थियो भन्ने विषयमा सम्बन्धित निकायले छानविन गरिरहेको हुँदा आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।
यस घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । केहीले मिडिया माथि दबाब सिर्जना गर्ने प्रयास हो कि भन्ने प्रश्न उठाएका छन् । तर, यस दाबीलाई पुष्टि गर्ने आधिकारिक प्रमाण वा अनुसन्धानको निष्कर्ष हालसम्म सार्वजनिक भएको छैन ।
प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाए । अनुसन्धानको निष्कर्ष सार्वजनिक भएपछि मात्र गाडी त्यहाँ छाडिनुको वास्तविक कारण र त्यससँग सम्बन्धित अन्य तथ्य स्पष्ट हुने अपेक्षा गरिएको छ ।
यस विषयमा गाडीधनी रबी जयसवाल संग बुझ्न खोज्दा उनको मोवाइल स्वीच अफ रहेको हुादा सम्पर्क हुन सकेनन् ।
यसैगरी नेपाली काँग्रेसका अध्यक्ष गगन थापाको घर अगाडी पनि शंकाष्पद गाडी भेटिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन