663
Shares
रौतहट, २३ पुस । नेपाल सरकारले नगदे बालीको रुपमा रहेका उखुको मल्य निर्धारण गरेको छ ।
दुई दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य प्रति क्यून्टल ५९० रुपैयाँ निर्धारण गरेका हो । उखुको मूल्य निर्धारणको प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले मन्त्रि परिषद प्रस्ताव लगेका थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर उद्योग मन्त्रालयमा मूल्य निर्धारणको सिफारिस गरेको थियो । किसानले भने ६८० रुपैयाँ प्रति क्यून्टल माग गर्दै आएका थिए । उद्योगीहरुले ५८० रुपियाँ प्रति क्यून्टल हुनुपर्ने अडान राख्दै आएका थिए ।
उखुको मूल्य निर्धारण नहुँदै उखु किसानले चिनी मिल संग उधारोमा आफ्नो उखु दिन सुरु गरेका थिए । मूल्य निर्धारणमा ढिलो भएको भन्दै उख उत्पादक महासंघले सरकारको तिव्र आलोचना समेत गरेका थिए ।