एआईको सहयोगमा तयार पारिएको तस्वीर ।
रौतहट, ३० असार । रौतहटका विभिन्न स्थानमा वर्षासँगै नदी तथा खोलाको बहाव बढ्न थालेपछि जनजीवन प्रभावित बन्न थालेको छ ।
राजपुर नगरपालिका–२ स्थित लालबकैया नदीको बहाव चेतावनी सतह भन्दा तल रहे पनि निरन्तर बढिरहेको हो ।
मंगलबार दिउँसो २ः१५ बजे देखि फतुवा लालबकैया पुलको पश्चिमतर्फ रहेको लच्कामा करिब एक फिट पानी ओभरफ्लो भएको प्रहरीले जनाए । यद्यपि उक्त क्षेत्रमा हालसम्म सवारी आवागमन भने सुचारु नै रहेको छ । प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
यस्तै, गुजरा नगरपालिका–९ अन्तर्गत बाल्चनपुर–जंगलसैया भित्री सडक खण्डमा पर्ने लम्हा खोलामा निर्माणाधीन पुलको डाइभर्सन सडक आज बिहान आएको बाढीले बगाएपछि दुवैतर्फको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको बताइएको छ ।
घटनापछि सुरक्षा व्यवस्थापन तथा आवश्यक समन्वयका लागि इलाका प्रहरी कार्यालय सिमराभवानिपुरबाट प्रहरी नायब निरीक्षक सिकिन्द्र प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । रौतहट प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा बाढी प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन