रौतहट, ३१ असार । रौतहटको गरुडा नगरपालिका–९ गमहरिया टोलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
स्थानीय देबेन्द्र सहनीका २८ वर्षीय छोरा गौतम कुमार सहनीले मंगलवार राति करिब १ बजेको समयमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
सहनीको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ । उनलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो । अस्पताललाई उढृत गर्दै प्रहरीले उनको अवस्था हाल मध्यम रहेको बताए ।
घटनाको जानकारी बिहान करिब ४ बजे प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) मनोज दासको कमाण्डमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
बेटर अस्पतालमा प्राथमिक उपचारपछि बिहान ४ः१५ बजेको समयमा थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौं रेफर गरिएको उनले बताए । घटनाको अहिले सम्म यथेष्ट कारण खुल्न नसकेको तथा प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले भने ।
शरिरमा किन लगाउनु पर्यो आगो ?
गरुडा नगरपालिका ५ झाँझ पुल छेउमा सहनी मदिरा पसल संचालन गरेका थिए । यीनकै पसलबाट गएको २२ गत कटुवा पेस्तोल, केही राउण्ड गोली सहित एक जनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको थियो । युवक सहनीमाथि उक्त दवाव थियो कि ? भन्ने आशंका समेत उब्जीएको छ । केहीले युवक सहनीको मानसिक अवस्था ठिक नहुँदा औषधी समेत सेवन गर्दै आएको भएपनि उक्त कुराहरुको आधिकारिक्ता पुष्टि हुन सकेको छैनन् । तर एउटा कुरामा दुइमत छैन उनको पसलबाट हतियार सहित मानिस पक्राउ पर्नु कतै प्रहरीको दवाव उनी माथि त थिएन भने आशंका उब्जिएपनि सहनी निको भएपछि मात्रै कुनै कुरा थाहा हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन