नेपाल–भारत सीमावर्ती क्षेत्र विदेशीको घुसपैठ गर्ने थलो बन्दैः अमेरिकी ’स्पेशल फोर्स’ का पूर्व सैनिक पक्राउ

0 Shares

रौतहट, ३१ असार । नेपाल–भारत सीमावर्ती क्षेत्र विदेशी नागरिकहरुको सजिलै घुसपैठ गर्ने सुरक्षित थलोको रुपमा परिवर्तीत हुन थालेका छन् ।
पछिल्लो समयमा बंगलादेशी, चाइनिज, कजाकिस्तानी लगायत विभिन्न देशका नागरिकहरु बिना इजाजत नेपाल–भारत सीमा क्षेत्रको घुसपैठको रुपमा चरम दुरुपयोग गर्दै आएका हुन् ।
यसैक्रममा नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षार्मीले एक अमेरिकी पूर्व सैनिकलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको खवरबाट सनसनी मचेको छ ।
उत्तर प्रदेशको महाराजगन्ज जिल्ला अन्तर्गत पर्ने सुनौली सीमा क्षेत्रबाट वैध पासपोर्ट र भिसाविना नै अवैध रूपमा नेपाल छिर्न खोज्दा ती अमेरिकी नागरिकलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा अमेरिकाको क्यालिफोर्नियाका ३६ वर्षीय जोर्डन ब्राउनको रुपमा पहिचान खुलेको छ । सोधपुछका क्रममा उनले आफू अमेरिकी नौसेना (यूएस नेभी) र स्पेशल फोर्सेजको पूर्व सैनिक भएको दाबी गरे । भारतीय सुरक्षा एजेन्सीहरूले उनको यो दाबी र वास्तविक पहिचानबारे विस्तृत छानबिन सुरु गरेका छन् ।
भाग्न खोज्दा लखेटेर नियन्त्रणमा
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार गत ११ जुलाईमा सशस्त्र सीमा बल (एसएसबी) को टोलीले सुनौली थाना क्षेत्रको मैनहवा इलाकामा गस्ती गरिरहेको थियो । सोही क्रममा लुकिछिपी सीमा पार गर्न लागेका ब्राउनलाई सुरक्षाकर्मीले रोकेर सोधपुछ गर्न खोजेका थिए ।
सुरक्षाकर्मीलाई देखेपछि उनी भाग्ने प्रयास गरेका थिए । लगत्तै एसएसबीका जवानहरूले लखेटेर नियन्त्रणमा लिएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा स्थानीय बासिन्दाको भीडमाझ एसएसबीका जवानहरूले ब्राउनको खुट्टामा डोरी बाँधेर लैजाँदै गरेको दृश्य देखिएको छ । खानतलासीका क्रममा उनको साथबाट ३१ हजार ४६० भारतीय रुपैयाँ र दुईवटा मोबाइल फोन बरामद गरिएको छ ।
बयानमा विरोधाभासः अनुसन्धानमा खुफिया एजेन्सी
एसएसबी र भारतीय खुफिया एजेन्सीहरूको कडा सोधपुछका क्रममा ब्राउनले लगातार विरोधाभासपूर्ण बयान दिइरहेका छन् । जसका कारण उनको नेपाल आगमनको उद्देश्यमाथि सुरक्षा निकायले गम्भीर आशंका व्यक्त गरेको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार महाराजगन्जका एरिक्सन पुलिस सुपरिटेन्डेन्ट (एएसपी) सिद्धार्थले ब्राउन सन् २०२३ को नोभेम्बरमा समुद्री मार्गबाट अवैध रूपमा भारत छिरेको र त्यसबेला देखि गोवामा बस्दै आएको थियो । ब्राउनको बयान उद्धृत गर्दै प्रहरीले जनाएअनुसार उनी टुरिस्ट भिसामा थाइल्याण्ड गएका बेला पासपोर्ट हराएको थियो । त्यसपछि उनी समुद्री मार्गबाट श्रीलंका हुँदै भारत आइपुगेका थिए ।
यद्यपि, सुनौलीका थाना इन्चार्ज (एसएचओ) महेन्द्र मिश्राका अनुसार ब्राउनले अनुसन्धान अधिकारीहरू समक्ष आफू मे महिनामा इन्डोनेसियाको बालीबाट भारत आएको अर्को बयान दिए । उनले आफूले ६ वर्ष अमेरिकी नौसेना र स्पेशल फोर्सेजमा काम गरेको र २ वर्षअघि सेवा छाडेको दाबी गरेका छन् ।
उनका अन्य दाबीहरू यस्ता छन्ः
नेपाल आउनुको कारणः गोवामा भेटिएका ’नाज’ नामका एक नेपाली साथीलाई भेट्न उनी नेपाल आउन लागेका थिए ।
पासपोर्टको लोकेसनः आफ्नो पासपोर्ट बेंगलुरुमा एक चिनजानका व्यक्तिसँग रहेको बताए पनि उनले ती व्यक्तिको स्पष्ट पहिचान खुलाउन सकेका छैनन् ।
विवाहको दाबीः सन् २०२४ को अक्टोबरमा इटालीमा एक भारतीय महिला (उत्तराखण्डकी योग प्रशिक्षक) सँग विवाह गरेको उनको दाबी छ ।
मुद्दा दर्ता र कूटनीतिक पहल
वैद्य कागजात नभएकाले ब्राउनविरुद्ध ’इमिग्रेसन एन्ड फरेनर्स एक्ट’ को धारा २१ र २३ अन्तर्गत मुद्दा दर्ता गरी जेल चलान गरिएको छ । यस घटना बारे नयाँदिल्ली स्थित अमेरिकी दूतावासलाई समेत औपचारिक रूपमा जानकारी गराइएको छ ।
यसअघि गत मार्च महिनामा म्यानमार सीमाबाट अमेरिकी खुफिया एजेन्सी (सीआईए) सँग आबद्ध भनिएका अमेरिकी नागरिक म्याथ्यु भ्यानडाई पक्राउ परेका थिए । सोही प्रकृतिको यो अर्को उच्च प्रोफाइल पक्राउ भएकाले सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।