परराष्ट्रमन्त्री डा. खड्का र भारतीय समकक्षि एस जयशंकर विच टेलीफोन सम्बाद

   २४ पुष २०७८, शनिबार १२:४०  

काठमाडौं । नेपालको परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय समकक्षि विदेशमन्त्री एस जयशंकर संग टेलिफोन सम्बाद भएको छ ।
गत बिहीबार साँझ दुबै विदेशमन्त्री विच भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री एस जयशंकरले ट्विटरको माध्यमबाट जानकारी गराएको हो । उनले विकास निर्माणको कार्यमा साझेदारीलाई अगाडी बढाउने र कोरोना महामारी विरुद्धको अभियानमा संयुक्त रुपमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको बताइएका छन् ।
दुवै परराष्ट्रमन्त्री बीच दुई देशबीचको सम्बन्धमा उत्पन्न केही गतिरोध एवं समस्याहरुलाई समाधान गर्दै जाने विषयमा गहन कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरको ट्विटरमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जाने तय भएको थियो । तर भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि उनको भारत भ्रमण पनि स्थगित भएको छ । यही सन्दर्भमा दुई परराष्ट्र मन्त्रीबीच छलफल भएको समेत बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै