‘११ सय दिन बितिसक्दा पनि न्याय पाएनौ’, बीमा पीडित सत्येन्द्र पाण्डेको रौतहट प्रहरीमाथि गम्भीर आरोप, निष्पक्ष छानबिनको माग

0 Shares

एआईको सहयोगमा तयार पारिएको तस्वीर
रौतहट, ३१ असार । बीमा पीडित सत्येन्द्र पाण्डेले आफूले झण्डै ११ सय दिनदेखि न्यायको खोजी गरिरहे पनि अझै न्याय नपाएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट र त्यसका नेतृत्वमाथि गम्भीर आरोप लगाए ।
उनले निष्पक्ष छानबिन, सुरक्षा व्यवस्था र कानुन बमोजिम कारबाहीको माग गरेको हो ।
पाण्डेका अनुसार आफ्नो उजुरी जिल्ला प्रहरी कार्यालय रौतहटमा दर्ता भएको, प्रहरीकै रोहबरमा लिखित तथा औँठाछाप सहित सहमति भएको र ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान समेत भइसकेको अवस्थामा पनि हालसम्म कुनै प्रभावकारी कानुनी कारबाही भएनन ।
उनले न्याय दिलाउने नाममा ११ सय दिनसम्म आफूलाई झुटो आश्वासन, ढिलासुस्ती र विश्वासघात मात्र भएको आरोप लगाए ।
तराई टप संग कुरा गर्दै पाण्डेले भने, “रक्षकले नै मेरो मुद्दा दबायो । मैले रौतहटका एसपीबाट झुटो आश्वासन र विश्वासघात मात्रै पाए ।” उनले बीमा अपराधमा संलग्न समूहको संरक्षण गरिएको दाबी समेत गरे ।
पाण्डेले कानुन बमोजिम मागिएको सूचना किन उपलब्ध नगराइएको, ११ सय दिन बितिसक्दा समेत न्याय किन नदिइएको, अधिकार क्षेत्रबाहिरको विषय भए उजुरी किन दर्ता गरियो, प्रहरीकै रोहबरमा सहमति किन गराइयो तथा प्रमाणको सत्यता मूल्याङ्कन गर्ने अधिकार प्रहरी नेतृत्वले कसरी प्रयोग गर्यो भन्ने विषयमा प्रश्न उनले उठाए ।
उनका अनुसार पछिल्ला प्रमाणहरूले जिल्ला प्रहरी कार्यालय रौतहट बाट माथिल्लो निकायमा यस विषय प्रहरीको अधिकार क्षेत्र भित्र नपर्ने तथा उजुरीमा पर्याप्त आधार नरहेको आशयको जानकारी पठाइएको देखिए पनि त्यसपछि पनि आफूलाई न्यायको आश्वासन दिँदै लामो समय अल्मल्याइएको छ ।
पाण्डेले बीमा अपराधमा संलग्न रहेको आफूले आरोप लगाएको समूहका कारण आफ्नो ज्यानमा गम्भीर खतरा रहेको दाबी गर्दै सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन, व्यक्तिगत सुरक्षा र दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सीताराम रिजालले मैले पनि यो कुरा सुनेको छु, बाहिर बाहिर कुरा गर्दै हिडिरहदा आफूलाई खासै फरक पर्दैन उनले भने । आफू भन्दा अघिकै प्रमुखहरु यो मुद्दालाई हेरेको भएपनि केही सहज एवं प्रयास गर्दा अनाहकमा आरोप लगाउनु कार्य राम्रो नभएको टिप्पणी गरे । जिल्ला प्रहरी कार्यालयमा आएर उच्श्रृंखल कार्य गरेमा समातेर मुद्दा चलाइदिने समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।