उखु किसानको अनुदान ७ दिनभित्र भुक्तानी गर्ने निर्णय, स्थानीय तहलाई विवरण र कागजात बुझाउन निर्देशन, किसानको संषर्घ स्थगन

0 Shares

रौतहट, ३२ असार । लामो समयदेखि अनुदान रकमको पर्खाइमा रहेका उखु किसानलाई राहत दिने उद्देश्यबाट जिल्ला प्रशासन कार्यालय रौतहटले सात दिनभित्र आवश्यक विवरण र कागजातहरु उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालको प्रमुख उपस्थितिमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवको अध्यक्षतामा उखु उत्पादक संघका अध्यक्ष अशोक यादव सहितका पदाधिकारीहरुको रोहबरमा सहमती भई निर्णय भएको हो ।
निर्णय अनुसार उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५ बमोजिम योग्यता पुगेका किसानको अनुदान रकम भुक्तानी प्रक्रिया अघि बढाइने छ । स्थानीय तह र जिल्लाले सात दिन भित्र किसानको विवरण तथा आवश्यक कागजात पेश गरेपछि सम्बन्धित निकायले रुजु गरी नियमानुसार अनुदानको भुक्तानी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
यस्तै, उखु किसानको विवरण संकलन कार्यलाई प्रभावकारी बनाउन सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखाका कर्मचारीलाई सक्रिय रूपमा सहजीकरण गर्न आग्रह गरिएको छ । किसानको विवरण संकलन देखि समस्या समाधान सम्म समन्वयात्मक भूमिका निर्वाह गर्न निर्देशन दिइएको निर्णयमा उल्लेख गरिएको छ ।
यस निर्णयसँगै लामो समयदेखि अनुदान रकमको प्रतीक्षामा रहेका उखु किसानले शीघ्र भुक्तानी पाउने अपेक्षा गरिएको छ ।
उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले जिल्ला प्रशासन कार्यालयमा रकमलाई सुरक्षीत राख्ने कार्य हाम्रो हो, तपाईहरु जति सक्दो कागजातहरु पुरा गरिदिनुस भुक्तानी प्रक्रिया सुरु हुने सहमती भएपछि अहिले देखि संघर्षका सबै कार्यक्रम स्थगन भएको स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले उखुको प्रमाणिकरण मिल्सले गर्ने र किसानको प्रमाणिकरण स्थानीय तहले गर्ने गरी सहमती अनुसारको निर्णय गरिएर उखु किसानको समस्या समाधान गरिएको बताए । अनुदानको रकम भुक्तानी गर्न बनाइएको समितिलाई सहज बनाउनका लागि आवश्यक कागजातहरु समाबेश भएपछि सिधै किसानको खातामा एक साता भित्र अनुदानको रकम जाने उनले स्पष्ट पारे ।
स्मरणीय रहोस, गत १५ दिन अघि राज्यबाट कोलेनिकामा आएको ७ करोड रुपैया फ्रिज भएको छ । तर माथिल्लो निकायको समनवयमा उक्त रकम पुनः दुई दिनमा फर्किने आश्वासन पाएको श्रोतबाट बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।