नयाँ दिल्ली । पाकिस्तानी हिन्दु शरणार्थीलाई भारतले भारतीय नागरिकता प्रदान गरेको छ ।
भारतको फरिदावाद स्थित उच्चायुक्त कार्यालयमा गत बुधवार पाकिस्तानी नागरिक दानिश र गीतालाई भारतीय नागरिकताको प्रमाण पत्र प्रदान गरिएका हो । दुबै जना शरणार्थीको रुपमा भारतमा बस्दै आएका थिए । दुबै शरणार्थी रहेको जिल्ला उच्चायुक्त जितेन्द्र यादवले जानकारी दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
उच्चायुक्त यादवको अनुसार अहिले सम्म अपगानिस्तान र पाकिस्तानबाट आएका ३० भन्दा बढी शरणार्थी हिन्दुहरुलाई भारतीय नागरिकता प्रदान गरिसकेको छ । दानिश भारतीय नागरिक बनेपछि खुशी व्यक्त गर्दै ति देशको नारकिय जिवनबाट मुक्ति पाई भारतीय नागरिक बनेकोमा गर्व महसुस गरे ।
गीता पाकिस्तानको बन्नु बाट लगभग १० वर्षअघि भारत आएकी थिइन् । भारतीय नागरिकता प्रमाण पत्र प्राप्त गरेपछि गीताले भनिन्, नागरिकता प्रमाण पत्र पाएर म धेरै खुसी छु । मेरा परिवारका सबै जना भारत आइसकेका छन् । भारतले हामीलाई शरण दिई नागरिकता दिएकोमा भारतीय सरकार प्रति आभार व्यक्त गरिन ।