रौतहट, १ साउन । भारतीय सरकारको करिब ३ करोड ३० लाख रुपैयाको आर्थिक सहयोगमा सोलुखुम्बु जिल्लामा निर्माण हुन लागेको ङग्युर निङमा पालयुल धोङगग छोलिङ गुम्बाको शिलान्यास गरिएको छ ।
लिखु पिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेत र काठमाडौं स्थित भारतीय दूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा एक समारोहका बीच गुम्बाको शिलान्यास गरेको हो ।
भारतीय दूतावासका अनुसार, ’उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना’ (एचआईसीडीपी) अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा गुम्बाको भवन निर्माण गरिने छ । लिखु पिके गाउँपालिका मार्फत कार्यान्वयन हुने यो परियोजना सोलुखुम्बुमा भारतको सहयोगमा सञ्चालित छैठौ परियोजना रहेको जनाइएको छ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारतको निरन्तर विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने गुम्बाले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै यस दुर्गम क्षेत्रको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
भारतीय दूतावासले उक्त परियोजना नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारीको अर्को उदाहरण भएको उल्लेख गर्दै नेपालको प्राथमिकतामा रहेका पूर्वाधार विकास र सामाजिक–आर्थिक उन्नतिलाई सहयोग गर्ने साझा प्रयासको हिस्सा रहेको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन