रौतहट, १ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने भन्दै देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले विशेषगरी पहाडी भूभागमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्ने जोखिम औँल्याउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाका मौसमविदका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।
शनिबार सम्म देशका पहाडी भूभागका धेरै स्थान तथा हिमाली र तराईका केही क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना रहेको बताइएको छ ।
विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लामा पहिरो खस्ने, नदी तथा खोलामा पानीको सतह बढ्ने र त्यसबाट जनधनमा क्षति पुग्न सक्ने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरे ।
महाशाखाले लामो दूरीको यात्रा गर्नुअघि मौसम र सडकको पछिल्लो अवस्था अनिवार्य रूपमा बुझ्न, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न तथा आधिकारिक मौसमी सूचनालाई निरन्तर पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन