सर्लाही, ३ साउन । सर्लाहीको सुखचैना गाउँ स्थित एक घरबाट चार क्वीन्टल भन्दा बढि गाँजा प्रहरीले बरामद गर्दै निई जनालाई पक्राउ गर्न सफल भएका छन् ।
सर्लाही प्रहरीको विशेष अपरेशनमा सञ्चालन भएका उक्त अभियान कौडेना गाउँपालिका–१ सुखचैना गाउँका महादेव राउतको घरमा छापा मारेर ४ क्वीन्टल १९ केजी ९३ ग्राम लागु औषध गाँजा बरामद गर्न सफल भएका हुन् ।
गाँजा लुकाएर राखिएको प्राप्त सूचनाका आधारमा एसपी रबीन्द्रनाथ पौडेलको कमाण्डमा ठूलो संख्यामा खटिएका प्रहरीले राउतको घरमा छापा मारेर विभिन्न कोठाबाट उक्त लागु औषध गाँजा बरामद गरे । गाँजा राखेकोमा घरमुली राउत सहित २६ बर्षीय राहुल राउतलाई हिरासतमा लिई लागुऔषध ऐन अन्तर्गत कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
लागुऔषध संगै उक्त घरबाट प्रहरीले चार थान डिजिटल नापतौल मेसिन र एक थान सानो तराजु समेत नियन्त्रणमा लिएको जनाए । सबै बरामद सामग्री जिल्ला प्रहरी कार्यालय मलंगवामा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
दुबै जनालाई अदालतबाट म्याद थप गराएर प्रहरी हिरासतमै राखेर लागुऔषध बेचविखन तथा ओसार पसार कसुर ऐन तर्फ कारवाही सुरु गरिएको डिएसपी गौतमले भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन