नेकपा एसको वरिष्ठ नेता खनालको निवासमा चिनियाँ राजदूती यान्छीको भेटघाट

   २४ पुष २०७८, शनिबार १३:२८  

काठमाडौं, २३ पुस । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल संग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटघाट गरेकी छिन् ।
राजदूत यान्छीले दुइ दिन अघि विहान काठमाडौं महानगरपालिका १५ डल्लु स्थित नेकपा एसका वरिष्ठ नेता खनालको निवासमा पुगेर भेट गरेकी हुन् । खनाल अहिले मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी सम्झौताको अध्ययन गर्न सत्ता गठबन्धनले बनाएको समितिको संयोजक रहेका छन् ।
नेकपामा हुँदा पनि उनी नै एमसीसी अध्ययन गर्ने संयोजक थिए । त्यतिखेर उनको समितिले परिमार्जन गर्नुपर्ने सुझाव दिएका थिए । अहिले पनि गठबन्धन सरकारमा कम्युनिस्टहरुले एमसीसीमा प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हित रहेको अनुदान कसरी राष्ट्रघाती, के के समस्या छ देखाउ भनेर समिति बनाएका छन् । सो समितिका संयोजक खनालले अध्ययन गरिरहेका बेला यान्छी डल्लु पुग्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
भेटमा चिनियाँ राजदूत यान्छीले एमसीसी विरुद्ध प्रतिवेदन बनाउन दबाब दिएको निकट स्रोतबाट बुझिएको छ । नेपालमा आफ्नो प्रभुत्व बढाउन चीनले अमेरिकी अनुदान सम्झौता एमसीसी रोक्न यतिवेला सक्रिय रहेको पाइएका छन् । यसक्रममा एमसीसी राष्ट्रघाती भनेर प्रचार गराउन राजनीतिमा प्रभाव राख्ने ठूला नेतालाई नै उचालिरहेको आरोप लाग्न थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै