नयाँ दिल्ली, ६ साउन । भारतमा निट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर राजनीतिक तनाव चर्किदै सतहमा आएको छ ।
ककरोच जनता पार्टी (सिजेपी) नामक ब्यानर मुनी युवा विद्यार्थीहरु विगत एक महिना देखि दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्दै शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै आएको हो । यसैक्रममा जुलाई २० तारेखमा सुरु भएका संसदको समयमा घेराउ गर्न अघि बढेपछि युवा विद्याथीहरु माथि दिल्ली प्रहरीले देखाएको बर्बर दमनबाट देशैभरी तिव्र विरोध भईरहेका छन् ।
मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास बाहिर कांग्रेस नेता राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गे, प्रियंका गान्धी वाड्रा तथा अन्य विपक्षी नेताहरूले धर्ना दिँदै शिक्षामन्त्री प्रधानको राजीनामा माग गरेका थिए । उनीहरूले निट प्रश्नपत्र चुहावटको विरोधमा उत्रिएका विद्यार्थीमाथि भएको प्रहरी कारबाहीको पनि विरोध गरेका थिए ।
यसैबीच, शिक्षामन्त्री प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत राहुल गान्धीमाथि संसदको मनसुन अधिवेशन अवरुद्ध गर्न विद्यार्थीलाई ‘राजनीतिक हतियार’ का रूपमा प्रयोग गरेको आरोप लगाए । उनले प्रधानमन्त्री निवास जस्तो उच्च सुरक्षा क्षेत्रमा गरिएको धर्नाले सर्वसाधारणलाई असुविधा पुर्याएको र सुरक्षा मापदण्डको उल्लंघन भएको दाबी गरे ।
शिक्षा मन्त्री प्रधानले कांग्रेस लोकतान्त्रिक बहस भन्दा राजनीतिक प्रदर्शनलाई प्राथमिकता दिएको आरोप लगाउँदै सरकार संसदमा निट मुद्दामा खुला छलफल गर्न तयार हुँदाहुँदै विपक्षीले अनावश्यक टकराव सिर्जना गरेको बताए । उनका अनुसार भारतका विद्यार्थी राजनीतिक स्वार्थको साधन होइन, समाधान, सुधार र जवाफदेहिताका हकदार हुन् ।
उता, प्रधानमन्त्री कार्यालय (पीएमओ) का राज्यमन्त्री जितेन्द्र सिंह र केन्द्रीय गृह सचिव गोविन्द मोहनले राहुल गान्धीसँग भेट गरी धर्ना अन्त्य गर्न आग्रह गरेका थिए । सिंहका अनुसार सरकारले संसदमा निट विवादबारे विस्तृत छलफल गर्न तयार रहेको जानकारी गराए पनि राहुल गान्धी शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागबाट पछि हटेनन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन