बासघारीमा दलित समुदायको पुरुष व्यक्तिको शव फेला

   १५ मंसिर २०७७, सोमबार १३:०३  

रौतहट, १५ मंसिर । रौतहटको माधवनारायण नगरपालिकामा दलित समुदायको एक ४५ बर्षिय व्यक्तिको मृत अवस्थामा सोमवार विहान शव फेला परेको छ ।
माधवनारायण नगरपालिका वडा नं. ४ बिसुनपुर्वा मानपुर र वडा नम्वर ५ मिठुअवा गाउँको विचमा स्थित बाँसघारीमा आज विहान ४५ वर्षिय पुरुषको शव देखेपछि प्रहरीलाई खवर गरे ।
गाँउघरमा देखाइने लबण्डा नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका दलित समुदायका ४५ वर्षिय दशै राम चमारको शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा मुखबाट रगत बगेको र कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने संभावना रहेको प्रहरीको प्रारम्भीक अनुमान गरेको रौतहट प्रहरीका एसपी सिद्धीविक्रम शाहले जानकारी दिए ।
जानकारी पाउना साथ घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिदै एसपी शाहले मृतक चमारको शव पोष्टमार्टमको लागि गौर अस्पतालमा लगिएको तथा घटना किन र आईतवार राति कति बजे भएको बारेमा प्रहरीद्धारा सुक्ष्म अनुसन्धान जारी रहेको उनले बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै