केपी शर्मा ओली र पुष्पकमल दहाललाई मिलाउन चिनियाँ कुटनीतिक पहल तिव्र

   २४ पुष २०७८, शनिबार १३:४२  

काठमाडौं, २४ पुस । कम्युनिष्ट पार्टीका दुई ठूला नेता केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डलाई मिलाई एकजुट पार्नमा यतिखेर संघिय जनवादी गणतन्त्र चीनको कुटनितीक पहल तिव्र रुपमा भईरहेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भई निर्माण भएको कम्युनिष्ट पार्टी नेकपा सत्ता स्वार्थका कारण एकाएक विघटन भई पुरानो पार्टीमा रुपान्तरित भएपछि नेपालको आन्तरिक राजनितिमा नै ठूलो उथलपुथल उत्पन्न भयो ।
पछिल्ल्लो संघीय निर्वाचनमा एक भएर चुनाव लडेका यी दुई पार्टीले नेपालको ईतिहासमा सवैभन्दा धेरै सिट जित्न सफल भएर दुई तिहाईको सरकार समेत बनाए । तर उनिहरु विचको दुई लाईन बैचारीक सिद्धान्त र आन्तरिक पदोलुलुपताका कारण एकता लामो समय सम्म टिक्न सकेन र अन्तत पार्टी विघटन भयो जस अनुसार प्रधानमन्त्रि पदमा आसिन केपी शर्मा ओलीले राजीनामा दिनु पर्यो ।
तर फेरी यी दुई पार्टी विच कार्यगत एकता गराउन नाटकीय रुपमा चीनले आफ्नो अस्त्रलाई प्रयोग गर्न थालेको छ । चिनले फेरी नजिकिदै गरेको स्थानीय निर्वाचन र संघीय निर्वाचनमा कम्युनिष्ट पार्टीको बहुमत आउने गरी नेकपा एमाले र माओवादी केन्द्रलाई एक गराउन दुवै पार्टीका अध्यक्षहरुलाई दवाव सिर्जना गर्न थालेको बताइएको छ ।
जसको लागि चिनिया राष्ट्रपती सि जीनपीङ्ग को सन्देश बोकेर चिनिया राजदुत होउ यान्छी र चिनिया कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरु हस्तक्षेपकारी भुमिका निभाउदै आइरहेका छन् । कुनैपनि हालतमा चुनाव अघि दुई कम्युनिष्ट पार्टीलाई एक बनाउन चिन सरकारले दवाव सिर्जना गर्न सुरु गरेको छ ।
एमाले अध्यक्ष के पी शर्मा ओलीलाई बधाई दिन बालकोट पुगेकी चिनिया राजदुत होउ यान्छीले जसरी पनी चुनाव अघी प्रचण्ड संग मिलेर जान र पार्टी एकीकरण गर्न दवाव सिर्जना गरेकी छन । करिब डेढ घण्टा लामो कुराकानीमा अमेरिकी अनुदान सहयोग एमसिसि फिर्ता गर्न संसदमा अनुमोदन नगर्न र नेकपा एमाले र माओवादी केन्द्र विच कार्यगत एकता गरी अरु साना कम्युनिष्ट पार्टीलाई पनि सामेल गराउदै चुनाव अघि बढेर पार्टी एकता गर्न दवाव दिएकी थिइन् ।
राजदुत यान्छीले बेइजिङले नेपालमा एमाले, माओवादी केन्द्र लगायत सवै कम्युनिष्ट शक्तिहरु मिलेर जान भन्ने चाहेको र यसको लागि चिन सरकारबाट जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताएकी थिईन् ।
चिनले नेकपा विभाजन भएपछि उनीहरुको आन्तरिक राजनितिमा हस्तक्षेप गर्दै आइरहेको छ । पार्टी विभाजन भएपछी २०७७ मंसिरमा चिनिया राष्ट्रपति सि जिनपिङ्ग ले आफ्ना विशेष द्रुत चिनिया रक्षा मन्त्रि वेई फेङहेलाई काठमाण्डौ पठाएर कम्युनिष्ट शक्ति मिलेर जान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई मिल्न दवाव दिएका थिए ।
फुटी सकेको नेकपालाई पुन जोडेर नेकपा बनाउन चिनले फेरी २०७७ पुसमा चिनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभागका उप मन्त्रि गुओ येचै नेतृत्वको चार सदस्यीय टोली काठमाण्डौ आएर दुवै अध्यक्षलाई मिल्न दबाब दिएको थियो ।
यसमा चिनिया राजदुत होउ यान्छीले नेकपा भित्रको विवाद मत्थर पार्न भन्दै हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै आईरहेकी छन् । चिन कुनै पनी हालतमा कम्युनिष्ट पार्टी विभाजन हुन नदिने दाउमा लागेको छ यसका लागि उसले दुई पार्टीमा आन्तरिक दवाव सिर्जना सुरु गरिसकेको छ ।
आउंदो चुनाव अघि दुई कम्युनिष्ट पार्टी लगायत साना कम्युनिष्ट पार्टी बिच कार्यगत एकता गरी पुर्ण बहुमत सहितको कम्युनिष्ट सरकार बनाउन चिन सरकार र चिनिया राजदुतको दौडधुप सुरु भईरहेको छ । नेपालको कम्युनिष्ट पार्टीका आन्तरिक राजनितिमा चिनले संधै हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै आईरहेको श्रोतको दाबी छ ।
यदी कम्युनिष्टहरु सत्तामा भए चिनलाई नेपालमा खेल्न सजिले हुने र आफ्ना मुद्धाहरुलाई स्थापित गराउनको लागि नै दुई कम्युनिष्ट पार्टी विच एकता गर्न दवाव सुरु गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै