चीनको शीर्ष नीतिगत बैंकका पूर्वअध्यक्ष माथि भ्रष्टाचारको मुद्दामा छानबिन सुरु, वित्तीय क्षेत्रमा सी जिनपिङको ‘क्लिन स्वीप’ अभियान तीव्र

0 Shares

चीनको सबैभन्दा ठूलो नीतिगत वित्तीय संस्थामध्ये एक चाइना डेभलपमेन्ट बैंक (सीडीबी) का पूर्वअध्यक्ष ओयाङ वेइमिनमाथि गम्भीर अनुशासनहीनता तथा कानुनी उल्लङ्घनको आशंकामा औपचारिक अनुसन्धान सुरु गरिएको छ ।
यससँगै राष्ट्रपति सी जिनपिङ नेतृत्वको सरकारले वित्तीय क्षेत्र केन्द्रित भ्रष्टाचार विरुद्धको अभियान थप आक्रामक बनेको हो ।
चीनको शीर्ष भ्रष्टाचार नियन्त्रण निकाय केन्द्रीय अनुशासन निरीक्षण आयोग (सीसीडीआई) ले गत आइतबार जारी गरेको विज्ञप्तिमा ओयाङमाथि गम्भीर अनुशासन तथा कानुनी उल्लङ्घनको आशंकामा अनुसन्धान भइरहेको जनाए ।
यद्यपि, उनीमाथि लागेको आरोपको प्रकृति वा घटनाको समयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
चीनमा ‘गम्भीर अनुशासन तथा कानुनी उल्लङ्घन’ भन्ने शब्दावली सामान्यतया भ्रष्टाचार, घुसखोरी, पदको दुरुपयोग र आर्थिक अनियमितता सम्बन्धी प्रारम्भिक अनुसन्धानका लागि प्रयोग गरिन्छ । अनुसन्धान पछि दोष प्रमाणित भए सम्बन्धित अधिकारी विरुद्ध आपराधिक मुद्दा दायर गरिने प्रचलन रहेको छ ।
ओयाङ माथिको छानबिन चीनको बैंकिङ तथा वित्तीय क्षेत्रमा उच्च पदस्थ अधिकारीविरुद्ध भइरहेको पछिल्लो कारबाहीको निरन्तरता छ । राष्ट्रपति जिनपिङले राज्य स्वामित्वका बैंक, वित्तीय संस्था र सार्वजनिक निकायमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै व्यापक अनुसन्धान अभियान सञ्चालन गर्दै आएका छन् ।
चाइना डेभलपमेन्ट बैंक चीनको प्रमुख नीतिगत बैंक हो, जसले पूर्वाधार निर्माण, औद्योगिक विकास, रणनीतिक राष्ट्रिय परियोजना तथा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अन्तर्गतका अन्तर्राष्ट्रिय परियोजनामा अर्बौं डलरको वित्तीय सहयोग उपलब्ध गराउँदै आएको छ ।
यसअघि सन् २०२४ मा पनि बैंकका एक पूर्व उपाध्यक्ष घुसखोरीको अभियोगमा दोषी ठहर भई १२ वर्षको जेल सजाय र जरिवानाको फैसला सुनाइएको थियो । पछिल्लो अनुसन्धानले चीनको वित्तीय क्षेत्रमा भ्रष्टाचार विरुद्धको निगरानी अझ कडा बनाइएको संकेत दिएको विश्लेषकहरूको भनाइ छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।