साढे ४३ हजार महिलापुरुषले मतदाता परिचय
पत्रको लागि फोटो सहितको विवरण दर्ता गराए रौतहटमा

571 Shares

तराई टप
रौतहट, २४ पुस । रौतहट जिल्लामा मतदाता परिचय पत्रको लागि ४३ हजार महिला पुरुषले विवरण दर्ता गराएर फोटो खिचाएका छन् ।
गत साउन महिना देखि रौतहट जिल्लामा मंसिर मसान्त सम्म ४३ हजार ५ सय ८० जनाले मतदाता परिचय पत्रको लागि फोटो खिचाएर फर्म भरेका हुन् । जसमध्ये मतदाता नामावली संकलन विशेष कार्यक्रम अन्तर्गत १६ हजार ६ सय ६९ जनाले मतदाता परिचय पत्रको लागि आवश्यक प्रक्रियाहरु पुरा गरेको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए ।
रौतहटको १८ वटै पालिकामा संचालन गरिएको मतदाता नामावली संकलन विशेष कार्यक्रममा ८७३२ महिला र ७९३७ पुरुष गरेर १६ हजार ६ ६९ जनाले मतदाता परिचय पत्रको लागि आवश्यक प्रक्रिया पुरा गरे । यस्तै जिल्ला प्रशासन कार्यालय गौर, जिल्ला निर्वाचन कार्यालय गौर, इलाका प्रशासन कार्यालय गरुडा र इलाका प्रशासन कार्यालय चन्द्रपुर गरी २६ हजार ८ सय ९४ जनाले फोटो सहितको मतदाता परिचय पत्रको लागि प्रक्रिया पुरा गरेको निर्वाचन अधिकारी दासले तराई टप संग कुरा गर्दै भने ।
जिल्ला निर्वाचन अधिकारी दासको अनुसार जिल्ला निर्वाचन कार्यालयबाट ९५६४, जिल्ला प्रशासन कार्यालय ४८३४, इलाका प्रशासन कार्यालय गरुडामा ४८७८ र इलाका प्रशासन कार्यालय चपुरमा ७६२१ जनाले नाम दर्ता गराएको छ ।
हाल सम्म रौतहट जिल्लामा करिब ४ लाख १६ हजार भन्दा बढी मतदाता रहेको जानकारी दिदै नयाँ नागरिकता बनाउनेहरु र नाम छुटेकाहरुको अहिले पनि भिड नै लाग्ने गरेको छ । निर्वाचन घोषणा नहुन्जेल सम्म ति कार्यालयहरुबाट फोटो सहितको मतदाता नामबली संकलन गर्ने कार्य जारी रहने बुझिएको छ । फोटो सहितको मतदाता नामावली संकलन भएको ४३५८० मा तेश्रो लिंगीहरुको संख्या शुन्य रहेको जिल्ला निर्वाचन कार्यालय गौरले जनाएको छ ।
रौतहट जिल्लामा फोटो सहितका मतदाता परिचय पत्रको लागि नाम दर्ता गराएकाहरुलाई निर्वाचन आयोगमा भेरिफिकेशन गरी अन्तिम नामावली तयार हुने तथा अन्य जिल्लाका नागरिक यहाँबाट नाम दर्ता गराएकोलाई सम्बन्धित जिल्लाको मतदाता सुचीमा ट्रान्सफर गरिने भएको हुँदा अहिले नै यति संख्या थप भयो भन्न नमिल्ने जिल्ला निर्वाचन अधिकारी दासले बताए ।
नागरिकता बनाउन १६ बर्ष उमेर पुगेकाहरु नागरिकता बनाएर मतदाता परिचय पत्रको लागि फोटो सहितको सुचि नाम दर्ता गराउने हुँदा मतदाताको लागि १८ बर्ष पुगेको हुनुपर्ने भएको हुँदा त्यस्ताहरुको विवरण निर्वाचन आयोगमा करेक्सन गरी १८ बर्ष पुगेपछि उनीहरुको नाम मतदाता सुचीमा समावेश गरी परिचय पत्र पाउने व्यवस्थापन हुने समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार