रौतहट, ७ साउन । रौतहटको वन क्षेत्रमा पछिल्लो केही महिना देखि बढ्दै गएको चोरी तस्करी बढ्दै गएका छन् ।
काठको चोरी तस्करी नियन्त्रण गर्न अहिलेका डिभिजन वन प्रमुखको सक्रियताले तस्करी गर्नेहरु माथि निगरानी राख्न थालिएका हुन् ।
चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोला माथिको चुरे जंगलमा सालको रुख चोरी गरी चिरान गरिरहेका काठ तस्कर वन गस्ती टोलीको घेराबन्दी देख्नासाथ काठ नै छाडेर फरार भएको पाइएका छन् ।
गैडाटार सब–डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा जंगलमा गस्ती गर्ने क्रममा तस्करहरूलाई सुकेको सालको रुख काटेर चिरान गरिरहेको अवस्थामा फेला पारेको थियो । वन कर्मचारीले चारै तिरबाट घेरा हालेर पक्राउ गर्ने प्रयास गरे पनि तस्करहरू जंगलको दुर्गम भूभागको फाइदा उठाउँदै भाग्न सफल भएका हुन् ।
तस्करहरू फरार भएपछि घटनास्थलबाट साल जातको पाँच थान गोलिया काठ, जम्मा ३०.२४ क्युबिक फिट बरामद गरिएको छ । बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गर्न डिभिजन वन कार्यालय रौतहटमा ल्याइएको वन कार्यालयले जनाए ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोज ठाकुरले चोरी तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न खोजी अभियान तीव्र पारिएको जानकारी दिए । दोषीहरूलाई कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढाइएको बताए ।
रौतहटको चुरे क्षेत्रमा काठ तस्करी नियन्त्रणमा आएको दाबी गरिए पनि चोरी कटानीका घटना भने अझै रोकिएका छैनन् । वन कार्यालयले नियमित गस्ती र निगरानी बढाए पनि तस्करहरूको सक्रियता कायमै रहँदा वन संरक्षण र प्राकृतिक सम्पदाको सुरक्षामाथि चुनौती थपिएको देखिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन