सिड्नी । अष्ट्रेलियाकी एक महिलाले कुनै पनि मेडिकल प्रविधि (आईभीएफ) को सहारा नलिई प्राकृतिक रूपमा एकै अनुहारका चार बालिकालाई जन्म दिएकी छन् ।
चिकित्सकहरूका अनुसार यस्तो घटना अत्यन्त दुर्लभ र उच्च जोखिमयुक्त मानिन्छ ।
रॉयल ब्रिस्बेन एन्ड विमेन्स अस्पतालका अनुसार ३४ वर्षीया जेनिटर ना’अमोआनाले गर्भावस्थाको २८ हप्ता ४ दिन पुगेपछि जुलाई १४ मा सिजेरियन शल्यक्रिया मार्फत चार बालिकालाई जन्म दिएकी हुन् ।
यी चारै जना ‘मोनोजाइगोटिक क्वाड्रप्लेट्स’ हुन्, अर्थात् एउटै निषेचित अण्डा चार भ्रुणमा विभाजित भएर विकसित भएका बेबी हो ।
चिकित्सक डॉ. एलेक्सा बेन्डलले यस्तो घटना करिब १ करोड ५० लाख गर्भधारण गरेका मध्ये एक पटक मात्र देखिने अनुमान छ । अझ चारै बच्चाले एउटै प्लासेण्टा साझा गर्नु चिकित्सा इतिहासमै अत्यन्त असाधारण मानिएको छ ।
गर्भावस्था अत्यधिक जोखिमपूर्ण भएकाले जेनिटरलाई २५ औं हप्तामै अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले २८ हप्ता सम्म गर्भ सुरक्षित राख्न सकिए ठूलो उपलब्धि हुने बताएका थिए । अन्ततः २८ हप्ता ४ दिनमा चारै बच्ची सुरक्षित रूपमा जन्मिन सफल भइन ।
नवजात शिशुको नाम एमिली, ह्यारियट, क्याथरिन र एलेक्सा राखिएको छ । तीमध्ये एक बालिकाको नाम गर्भावस्थाभर उपचार र निगरानी गरेकी डॉ. एलेक्सा बेन्डलको सम्मानमा राखिएको हो ।
हाल चारै नवजात शिशु अस्पतालको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसीयु) मा चिकित्सकीय निगरानीमा छन् र उनीहरूको अवस्था स्थिर रहेको अस्पतालले जनाए ।
जेनिटर र उनका पति जोर्थमका यसअघि नै चार सन्तान थिए, जसको उमेर एकदेखि १० वर्षसम्म छ । अब परिवारमा थप चार बालिका आएपछि उनीहरूले कम्तीमा १० सिट क्षमताको गाडी किन्न सहयोग जुटाउन अनलाइन फण्डरेजिङ अभियान सुरु गरेका छन् । अभियान मार्फत हालसम्म २४ लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन भइसकेको छ ।
चिकित्सकहरूका अनुसार कुनै पनि मेडिकल सहायता बिना प्राकृतिक रूपमा एकै अनुहारका चार शिशुको जन्म हुनु संसारमै अत्यन्त दुर्लभ घटना हो र यसले चिकित्सा समुदायलाई समेत आश्चर्यचकित बनाएको छ ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन